छाडा पशुचौपाया व्यवस्थापनमा दिन रात खटिदै दोधारा चाँदनीका मेयर


पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकाको प्रमुख समस्याकोरुपमा देखा परेको छाडा चौपाया ब्यवस्थापन कार्यमा दोधारा चाँदनी नगरपालिकाका मेयर दिन रात खटिदै आएका छन् । जथाभावी छोडिएका पशुचौपायाहरुको कारण स्थानिय किसानहरुको खेतवाली खाएर हैरान भए संगै ट्राफिक व्यवस्थापनमा समेत समस्या श्रृजनाको कारण दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु दिन रात छाडा पशुचौपाया ब्यवस्थापनमा जुटेका छन् । गएराती भिमदत्त नगरपालिकाका स्थानियहरुले धपाएका झण्डै एक सय भन्दा बढी पशुचौपाया महाकाली पक्की पुल आउदै गर्दा मध्यरातको समयमा पनि दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु रातीको समयमा पनि महाकाली पक्की पुलमा पुगेका थिए । भिमदत्त नगरपालिकाका स्थानियहरुले दोधारा चाँदनी नगरपालिका तर्फ छाडा चौपाया धपाउदै गर्दा दोधारा चाँदनीका स्थानियहरुले बिरोध गरेका हुन् ।

भिमदत्त नगरपालिकाबाट छाडा चौपाया धपाउन थालेपछि स्थानियहरुले रातीको समयमै दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुलाई महाकाली पक्की पुलमा बोलाएका थिए । दोधारा चाँदनी नगरपालिकामा स्थानिय किसानहरुको खेतीवाली खाएर खाद्य संकट श्रजना गर्दै गरेको अवस्थामा दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बुले स्थानिय किसानहरुको मर्का बुझेर छाडा पशुचौपाया ब्यवस्थापनको निम्ती खटिदै आएका हुन् । दुध दिने दिन सम्म पाल्ने त्यसपछि अलपत्र छोडिदिने तथा अन्य पालिका अथवा दोधारा चाँदनी नगरपालिकाको भारत संग जोडिएको खुला सिमा क्षेत्रबाट भित्रिने छाडा पशुचौपायाका कारण स्थानिय किसानहरुले सास्ती खेप्नु परेको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा समस्याकोरुपमा देखा परेको छाडा पशुचौपाया ब्यवस्थापनको लागी आफुहरु दिन रात नभनी खटिएको बताएका छन् । ‘जनताको समस्यालाई निराकरण गर्न हामीले जिम्मा पाएका छौं । हामी जिम्मेवारी पुरा गर्दै आएका छौ’ दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले भने– ‘छाडा पशुचौपाया ब्यवस्थापन गर्न त्यत्ती सहज नभएपनि हामी सहजता गर्ने प्रयत्न गरेका छौं ।’

दोधारा चाँदनी नगरपालिका वडा नं. १, २, ४ र ५ सामुदायिक बनहरुमा छाडा पशुचौपाया ब्यवस्थापनका लागी निमार्ण गरिएको काँञ्जी खोरमा छाडा पशुचौपायालाई राख्ने काम गरिएको छ् । अन्य वडाहरुमा समेत काँञ्जी खोर निमार्ण क्रममा रहेको छ् । छाडा गाई तथा पशुचौपायाले सताउन थालेको किसानको गुनासो सम्बन्धित वडा कार्यालय र नगरपालिका कार्यालयमा दिनहु पुगेपछि व्यवस्थापनको निम्ती दोधारा चाँदनी नगरपालिका कार्यालयले अल्पकालिन तथा दिर्घकालिन योजना बनाउन थालेको हो । जनजिविका संग सरोकार विषयमा गम्भीरतापूर्वक समस्या समधानमा लागिएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् ।


ताजा समाचार

spot_img