सेती नदीमा वेपत्ता युवकको खोजी गर्दै सशस्त्र प्रहरी

कञ्चनपुर: पौडी खेल्ने क्रममा सेती नदिमा वेपत्ता भएका युवकको खोजीका लागि सशस्त्र प्रहरीको टोली खटिएको छ । मलामी गएका अमरगढी नगरपालिका ६ छचोडा डडेल्धुराका २७ बर्षिया बिरेन्द्र ताम्राकारको खोजी कार्यका लागि सशस्त्र प्रहरीको टोली खटिएको हो । ताम्राकार वेपत्ता भएकै दिनदेखि उनको खोजीकार्य भईरहेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । प्रशासन डोटीका अनुसार वेपत्ता युवकको खोजिका लागि सशस्त्र प्रहरीको प्राविधिक जनशक्ति सहित प्रहरी सेना सहित खटिएका छन ।

सुरक्षा निकायसंग रहेको जनशक्ति एव प्रविधि प्रयोग गरेर खोजि कार्य तिव्र पारेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन । प्रजिअ श्रेष्ठका अनुसार वेपत्ताको खोजीकार्यका लागि सेतीनदीभरी सुरक्षाकर्मीको परिचालन गरिएका छन । सशस्त्र प्रहरी बल ३६नम्बर गण डोटीका प्रमुख एव सशस्त्र प्रहरी उपरीक्षक बिर सिह शाहुले सशस्त्र प्रहरीसंग भएको स्रोत साधन एव जनशक्ति परिचालन गरेर वेपत्ता युवकको खोजिकार्यका लागि कुनैपनि कसर बाँकी नराखेको बताए ।

‘सशस्त्रसंगै अन्य सुरक्षा निकायसंग भएको स्रोत साधन परिचालन गरेर हामीले वेपत्ता युवकको खोजिकार्य तिव्र पारेका छौँ, ‘सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘बर्षातका कारण नदीको सतह बढेको छ, पानी पनि धमिलो हुँदा केही समस्या भईतापनि खोजीकार्य पनि निरन्तर भईरहेकै छ ।’ डिएसपी दिपक विष्ट नेतृत्वमा वेपत्ताको खोजीकार्य भईरहेको छ । आफन्तको मलामी गएका बेला ताम्राकार डोटीको शिखर नगरपालिका १०गहनान क्षेत्रबाट वेपत्ता भएका थिए । वेपत्ता ताम्राकार परिवार समेत शोकमा डुवेको छ ।

ताजा समाचार

This will close in 10 seconds