दोधारा चाँदनीका मेयर, उपमेयरद्धारा महाकाली नदीको जोखिम क्षेत्रको अनुगमन


दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर, उपमेयरले महाकाली नदीको जोखिम क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । पक्की पुलको कारण महाकाली नदीको धार परिवर्तन भएर तटबन्ध जोखिममा रहेको दोधारा चाँदनी नगरपालिकाको वडा नं. १ र २ नजिक नदी क्षेत्रमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु र उपमेयर गंगा जोशीको एक टोलीले जोखिम क्षेत्र र जनताको तटबन्ध कार्यक्रम अन्तर्गत उपभोक्ता समितिद्धारा निमार्ण भईरहेको तटबन्धको स्थलगत अनुगमन गरिएको अनुगमन टोलीका एक सदस्य गगन बहादुर सिंहले जानकारी दिएका छन् ।

महाकाली नदीमा पक्की पुल निमार्ण संग नदीको धार वडा नं. १ र २ सिमा नजिक रहेको तटबन्धमा सोझिएको कारण उक्त तटबन्ध निकै जोखिममा रहेको बताईएको छ् । जनताको तटबन्ध कार्यक्रम अनुसार उक्त क्षेत्रमा तटबन्ध निमार्ण कार्य भईरहेको भएपनि निमार्ण कार्यलाई थप फराकिलो बनाउनु पर्ने आवश्यकता देखिएको अनुगमन टोलीका सदस्य सिंहले बताएका छन् । जाईका कम्पनीले निमार्ण गरेको महाकाली नदीको पक्की तटबन्धलाई मर्मत सम्भार गर्नुको साथै तटबन्ध थप अग्लो / फराकिलो बनाउनु पर्ने रहेको स्थानियबासीले दोधारा चाँदनीका मेयर, उपमेयरलाई आग्रह गरेका छन् । तटबन्धलाई अग्लो बनाउने तथा मर्मतको लागी प्रदेश र संघिय सरकारलाई अनुरोध गर्दै आएको दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले बताएका छन् । महाकाली नदी र जगबुडा नदीमा पक्की तटबन्ध निमार्णको लागी आफुले काठमाण्डौं गएको बेला सबै मन्त्रालयमा पुगेर अनुरोध गरेको मेयर लिम्बुले बताए ।


ताजा समाचार

spot_img