कञ्चनपुरमा निःशुल्क बिरुवा वितरण


कञ्चनपुर : कञ्चनपुरमा निःशुल्क फलफुल लगायतका बिरुवा वितरण शुरु गरिएको छ । डिभिजन वन कार्यालय कञ्चननपुरले बिहीबारदेखि निःशुल्क बिरुवा वितरण शुरु गरिएको हो । डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले चालु आर्थिक बर्ष २०७८/०७९को कार्यक्रम अन्र्तरगत किसानलाई विभिन्न प्रजातिका निःशुल्क बिरुवा वितरण शुरु गरिएको बताए ।

सुचना अधिकारी अवस्थीले आम, आम्रपाली, लिची लगायतका बिरुवा वितरण गरिएको बताए । आप, आम्रापाली चार हजार ५२०, लिची ४ हजार ५सय १ सहित झण्डै ९ हजार हाराहारीमा बिरुवा वितरण गरिनेछन । ‘हामीले सबै किसानलाई कानुन अनुरुप बिरुवा वितरण गरिरहेका छौँ, ‘सुचना अधिकारी अवस्थीले भने, ‘लक्ष्य अनुरुप बिरुवा वितरण गछौँ ।’


Loading Viewer...

ताजा समाचार

spot_img