एक महिने जिप, कार ड्राइभिङ्ग तालिम सम्पन्न


कञ्चनपुर : घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरको आयोजनमा संचालित १ महिने जिप,कार ड्राइभिङ्ग तालिम सम्पन्न भएको छ । भीनपा–१५ का दलित विपन्न परिवारका बेरोजगार युवालाई निःशुल्क एक महिने जिप, कार ड्राइभिङ्ग तालिम दिइएको हो । भीनपा–१५को पहलमा घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरको सहयोगमा भूमिराज ड्राईभिङ्ग सेन्टर भीनपा–१५ तल्लो गोवरियाले तालिम दिइएको हो । जेष्ठ २५ गते देखि दिएको तालिम आज २३ गते सम्पन्न भएको छ । समान्न कार्यक्रममा एक महिना सम्म जिप, कार ड्राइभिङ्ग कार्यक्रममा सहभागी विरेन्द्र लुहारले यस प्रकारको तालिम बाट आफुले अब सिप गरेर खान सक्ने अवस्थामा पुगेको बताए । आफुमा अब केही गर्न सक्छु भन्ने आत्मविश्वास जागेको बताए ।

भीनपा–१५ का वडा अध्यक्ष भुवनराज भट्टले सबै युवा रोजगार हुन् । कसले पनि सिपको अभावमा खाली बस्नु नपरोस भन्ने मनसायले यसप्रकारको तालिमको पहल गरेको र आउदा दिनमा पनि भीनपा १५ का युवा युवतिहरुको सीप विकासको लागि यस प्रकारका कार्यक्रम ल्याउने बताए । घरेलु तथा साना उद्योग कार्यालय कञ्चनुरका निमित्त अधिकृत धर्मानन्द भट्टले यस प्रकारको तालिमले युवाहरुले खाली बस्नु नपर्ने हातमा सिप हुने र प्रमाण पत्र प्राप्त युवाहरुले प्रमाण पत्र बैंकमा राखेर पनि व्यवसाय गर्न सक्ने बताए । युवा–युवतिहरुलाई सिपको विकास गर्न घरेलु तथा साना उद्योग कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

आज भएको निःशुल्क एक महिने जिप,कार ड्राइभिङ्ग तालिमको अध्यक्षता नि.उ.ब.अ. घरेलु तथा साना उद्योग कार्यालयका धर्मानन्द भट्ट, प्रमुख अथिती भीनपा –१५ का वडा अध्यक्ष भुवन राज भट्ट रहेका थिए भने कार्यक्रम सञ्चालन रोहित दत्त भट्टले गरेका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img