नेपाल पत्रकार महासंघको सहजिकरणमा दोधारा चाँदनीमा सार्वजनिक सुनुवाई


दोधारा । दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजना, नेपाल पत्रकार महासंघ कञ्चनपुरको सहजिकरण तथा प्रादेशिक केन्द्र पुन्ना, डोटीको सहयोगमा दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा ‘सार्बजनिक सुनुवाई कार्यक्रम’ सम्पन्न भएको छ् । नेपाल पत्रकार महासंघ कञ्चनपुरका सभापती माधव धामीको सभापतित्वमा संचालन भएको सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, बिशिष्ठ अतिथीमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा जोशी रहेका थिए । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका वडा अध्यक्षहरु बिक्रम चन्द, पदम रावल, हरसिंह धनाडी, भक्त बहादुर सुनार, केशव खत्री, ओंम बस्नेत, ओंम प्रकाश रोकाया, गोपिलाल कडेंल, दोधारा चाँदनी नगपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्र, कार्यपालिका सदस्यहरु, स्थानिय उपभोक्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नगरपालिकाले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको आधारभूत आवश्यकतालाई व्यवस्थित गर्नुपर्ने सहभागीलेहरुले धारणा राखेका थिए ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बढ्दो छाडा चौपाया आतंक, तटबन्धको ब्यवस्था, कृषी क्षेत्रलाई थप प्रभावकारी बनाउन समेत जोड दिईएको थियो । बिद्यालयमा निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने भने पनि बिद्यालयमा महिनावारी हुदा प्याडको ब्यवस्था नभएको गुनासो समेत रहेको थियो । नेकपा माओबादी केन्द्रका नेता भरत भट्टले ब्यवसायिक ढंगबाट लागेका कृषकहरुलाई उनिहरुको उत्पादन बढाउनमा स्थानिय सरकारले जोड दिनु पर्ने बताएका छन् । बेलाबखत जनप्रतिनिधी सहित किसानहरुलाई अवलोकन भ्रमणमा लगेर कृषकहरुलाई नयाँ प्रबिधीबाट खेती गर्न उत्साहित गर्ने कार्यक्रम स्थानिय सरकारले गर्नु पर्ने नेकपा माओबादी केन्द्रका नेता भरत भट्टले बताएका छन् । बिगतका दिनहरुमा जनप्रतिनिधीहरुले जानी अथवा नजानी गरेका गल्तीलाई सच्चाएर लग्नु पर्ने सहभागीको धारण रहेको थियो । कार्यक्रममा जनप्रतिनिधी तथा प्रमुख प्रशासकिय अधिकृत तथा शाखा प्रमुखहरुलाई स्थानिय तहमा भएका बिकास कार्यको जवाफ मागेका थिए । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा प्रमुख समस्याका रुपमा देखा परेको बिद्युत असहजता, छाडा चौपाया ब्यवस्थापन, तटबन्ध निमार्ण कार्य रहेको बताएका छन् । मेयर लिम्बुले बिद्युत असहजतालाई आफ्नो कार्यकालमा सहज गर्ने प्रतिबद्धता जाहेर गर्दै छाडा चौपाया ब्यवस्थापन गर्न सहज नभएपनि त्यसलाई सहज गराउन आफु र आफ्नो टिम लागिपरेको बताएका छन् ।

यस्तै दोधारा चाँदनी नगरपालिकामा नगर प्रबक्ता तथा दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष ओंम बस्नेतले वडामा देखिएको शिक्षा, स्वास्थ्य तथा बाटाघाट सुधार तथा निमार्ण गर्नु पर्ने रहेको बताएका छन् । शैक्षिक सुधारको लागी आफ्नो वडामा रहेको भानु माध्यमिक बिद्यालय र कमलशा आधाभुत बिद्यालयको शैक्षिक गुणस्तर बढाउन आफ्नो प्रयास जारी रहेको नगर प्रबक्ता बस्नेतले बताएका छन् । सहभागीले उठाएका सवालमा दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले नगरपालिकाले गरेका काम तथा योजनाका वारे जानकारी गराउदै नागरिकहरुवाट आएका सुझावलाई अगिंकार गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रम संचालन नेपाल पत्रकार महासंघ कञ्चनपुरका सचिव राजेन्द्र अवस्थीले गरेका थिए ।

 


ताजा समाचार

spot_img