मुख्य मन्त्री नमुना कृषी गाँउ (मसाला) कृषक समन्वय समितिद्धारा कृषी औजार बितरण


दोधारा । दोधारा चाँदनीमा मुख्य मन्त्री नमुना कृषी गाँउ (मसाला) कृषक समन्वय समिति दोधारा चाँदनीको कृषी औजार बितरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७, ८, ९ र १० वडालाई समेटेर बनाईएको मुख्य मन्त्री नमुना कृषी गाँउ (मसाला) कृषक समन्वय समिति दोधारा चाँदनीले आज सार्वजनिक सुनुवाई संगै किसानहरुलाई कृषी औजार बितरण गरेको मुख्य मन्त्री नमुना कृषी गाँउ (मसाला) कृषक समन्वय समिति दोधारा चाँदनीका उपाध्यक्ष बुद्धि देबी कठायतले जनाएका छन् ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा जोशी, कृषी ज्ञान केन्द्र महेन्द्रनगरका प्रमुख दिल बहादुर बिष्ट, ज्ञान केन्द्र महेन्द्रनगरका आशिष पाठक, जनक बहादुर सिंह, जाग्रत खनाल, मुख्य मन्त्री नमुना कृषी गाँउ (मसाला) कृषक समन्वय समिति दोधारा चाँदनीका अध्यक्ष टिका देबी मगर, उपाध्यक्ष बुद्धि देबी कठायत लगाएत किसानहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा वडा नं. ७, ८, ९ र १० का किसानहरुलाई ३५ थान सिचाई मोटर, १० थान स्प्रे ट्यांकी, १ थान रेजर (जग्गा जोत्ने मसिन) बितरण गरिएको मुख्य मन्त्री नमुना कृषी गाँउ (मसाला) कृषक समन्वय समिति दोधारा चाँदनीका उपाध्यक्ष बुद्धि देबी कठायतले बताएका छन् । यसका साथै ७५ प्रतिशत छुट रकममा किसानहरुलाई ६७ कुन्टल बेसारको बिउ र २१ कुन्टल अदुवाको बिउ बितरण गरिएको बताईएको छ् । कार्यक्रमा आर्थिक प्रतिबेदन सार्वजनिक गरिएको मुख्य मन्त्री नमुना कृषी गाँउ (मसाला) कृषक समन्वय समिति दोधारा चाँदनीले जनाएको छ् ।


ताजा समाचार

spot_img