फ्युज सेवा केन्द्रमा लगाएको ताला खुल्यो : प्राधिकरणले प्रदेशलाई पठाएको हावादारी पत्र


दोधारा । नेपाल बिद्युत प्राधिकरणको चरम लापरवाहीको कारण करेन्ट लागेर घाईते भएका बालिकाको क्षतीपुर्ती सहित बिद्युत प्राधिकरणले क्षेत्रमा पठाएको पत्र सच्चाउनु पर्ने लगाएत माँग गर्दै नेपाल बिद्युत प्राधिकरण फ्युज सेवा केन्द्र दोधारा चाँदनीमा गरिएको तालाबन्दी खुलेको छ् । बिद्युत प्राधिकरणको लापरवाहीको कारण दोधारा चाँदनीमा बालिकालाई करेन्ट लागेर घाईते भएको भन्दै उपचार खर्च र क्षतीपुर्तीको माँग गर्दै पिडित तथा स्थानियहरु आन्दोलनमा उत्रेका हुन् । गएको २९ गते दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोललाई जोड्ने झोलुङ्गे पुलको सर्पोट तारमा खेल्दै गर्दा अन्ताजी १ मिटर माथी रहेको ११ केभिको प्रशारण लाईनमा अचानक करेन्ट लागेर घाईते भएका स्थानिय वर्ष १३ कि नेहा कठायतको अवस्था दैनिय बन्दै गएको र नेपाल बिद्युत प्राधिकरणको चरम लापरवाही देखिएको भन्दै पिडित बालकको उपचार खर्च संगै क्षती पुर्तीको माँग राख्दै पिडित परिवारजन र स्थानिय आन्दोलित हुदै आएका थिए । पिडित परिवार तथा स्थानियहरुले घाईते बालिकालाई उपचार तथा क्षतीपुर्ती, जोखिम अवस्था रहेको झोलुङ्गे पुल नजिक ११ केभी प्रशारण लाईन सार्नु पर्ने लगाएत माँग राख्दै नेपाल बिद्युत प्राधिकरण महेन्द्र कार्यालयमा पुगेका थिए ।

बिद्युत प्राधिकरण कार्यालय महेन्द्रनगरले सुदुरपश्चिम प्रदेशमा पठाएको पत्रमा घाईते नेहा कठायत बिद्युत पोलमा चढ्दा करेन्ट लागेको पत्रमा लेखि पठाउपछि थप बिबाद श्रजना भएको हो । गएको सुक्रवार भएको नेपाल बिद्युत प्राधिकरण सेवा केन्द्र दोधारा चाँदनी कार्यालयमा बिभिन्न माँग राख्दै पिडित परिवार तथा स्थानियहरुले लगाएको ताला सहमतीको आधारमा आज मात्रै खुलेको छ् । हिजो नेपाल बिद्युत प्राधिकरण महेन्द्रनगर कार्यालयमा बसेको बैठकको सहमतीको आधारमा ताला खुलेको पिडित परिजनले जनाएको छ् । ‘नेपाल बिद्युत प्राधिकरणले सुदुरपश्चिम प्रदेशमा पठाएको पत्र ब्यहोरा बास्तविक घट्ना भन्दा फरक लेखिएको हुदा घट्ना स्थलका प्रकृती हेर्दा सो पत्रमा त्रुटी हुन गएको, झोलुङ्गे पुल नजिक स्थानियबासीको बिरोध बाबजुत नेपाल बिद्युत प्राधिकरणले उक्त स्थानमा बिगतमा ११ केभी प्रशारण लाईन बिस्तार गरिएको कारण घट्ना हुन गएकोले यथा सिघ्र छानबिन कमिटि गठन गरि उपचार तथा क्षतीपुर्तीको लागी पहल गर्ने, दोधारा चाँदनीका नो लाईटका कर्मचारी श्री मान बहादुर भण्डारीले यस कार्यालयमा गलत मौखिक जानकारी दिएको हुदा निजलाई फिर्ता बोलाई आवश्यक कार्वाही गर्ने, करेन्ट लागेको स्थान झोलुङ्गे पुल नजिक रहेको प्रशारण लाईनको पोल हटाई सुरक्षितरुपमा ब्यवस्थापन गर्ने, मान बहादुर भण्डारीलाई यस कार्यालयमा बोलाई सकेपछि दोधारा चाँदनी फ्युज सेवाको लागी तालाबन्दी हटाउने तथा खोल्न र फ्युज सेवाको दैनिक कार्य सुचारु गर्न सहमती गरियो’ नेपाल बिद्युत प्राधिकरण कार्यालय र पिडित पक्ष बिच भएको सम्झौतामा भनिएको छ् ।

 


ताजा समाचार

spot_img