निर्वाचन प्रणालीमा भ्रष्टीकरणको प्रभाव पर्न थाल्यो : माधव नेपाल


धिरेन्द्र भट्ट/कंचनपुर : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको निर्वाचन प्रणालीमा प्रष्टिकरणको प्रवृत्ति देखापर्न थालेको बताएका छन्। सोमबार केन्द्रीय परिषद् बैठकको काठमाडौं उद्घाटन गर्दै नेपालले नेपालको अर्थतन्त्र र राजनितीमा दलाल शक्ति हावी हुने स्थिती बनिरहेको नेपालले बताए। नेपालले राजनीतिक पार्टीका नेताहरूलाई यिनै दलाल पुजीहरुले असर पारिरहेको र साथै सिङ्गो कम्युनिष्ट आन्दोलनमा समेत भ्रष्टीकरणको प्रवृत्ति देखिएको बताउदै असन्तुष्टि जनाए।

‘ भ्रस्टाचार व्यापक रुपमा मैलाएको छ र त्यो विभिन्न पार्टीमा पर्नुको साथ साथै हाम्रो पङ्तिमा पनि त्यसको असर पर्ने होकि भन्ने कुराले हामी चिन्तित भएका छौ’ उनले भने, ‘ यी सबै भ्रष्टीकरण को प्रवृत्ति निर्वाचनको बेलामा पनि देखिन्छ, निर्वाचन प्रणालीमा पनि यसको प्रभाव बढ्न थालेको छ। यसअर्थमा पनि निर्वाचन प्रणालीमा सुधार गर्ने सन्दर्भमा पैसा र पैसा मात्रै ठान्ने र त्यसको निम्ति मरिहत्ते गर्ने प्रवृत्तिका विरुद्धमा हामीले कसरी संघर्ष गर्ने हो त्यसमा ध्यान दिनुपर्ने आवस्यकता छ।’

म भन्ने ब्यक्तिवादी प्रवृत्ति को विरुद्धमा कसरी संघर्ष गर्ने तथा हामी भन्ने भावनालाई उजागर गर्ने कुरामा गोड दिनु आवस्यक रहेको नेपालले बताए। समाजवादलाई शब्द र माला जप्ने रुपमा नभई ब्यवहारमा रुपान्तरण गरि नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ भन्ने बारेमा व्यापक छलफल गर्दै नेपाली विशेषताको समाजवादलाई जनताको माझमा अगाडि सार्नुपर्ने आवस्यकता रहेको नेपालले उल्लेख गरे।


Loading Viewer...

ताजा समाचार

spot_img