कञ्चनपुर: नेपाल शिक्षक महासंघले सामुदायिक विद्यालयमा कार्यरत बाल विकासका शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्धि सहित पुरै संघीय सरकारबाट दायित्य लिनुपर्ने माग अघि सारेको छ । शिक्षक महासंघ राष्ट्रिय समितिले पुर्व प्रधानमन्त्री एव नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), शिक्षामन्त्री देवेन्द्र पौडेल, अर्थमन्त्री जनार्दन शर्मा(प्रभाकर)लाई भेटेर बाल विकासका शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्धि सहित पुरै संघीय सरकारबाट दायित्य लिनुपर्ने माग अघि सारेको हो ।

शिक्षक महासंघले सत्ता साझेदारी दलका नेता समेत रहेका पुर्व प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री प्रभाकर र शिक्षामन्त्री पौडेललाई भेटेरै ज्ञापन पत्र बुझाएका छन । मंगलबार नेपाल शिक्षक महासंघका अध्यक्ष कमल तुलाधर नेतृत्वमा प्रचण्ड निवास खुमलटार पुगेको शिक्षक महासंघको टोलीले निम्न स्तरका कर्मचारीको पारिश्रमिक बृद्धिबारे सरकार उदाधिन रहेको भन्दै असन्तुष्टीता प्रकट गरेका छन । नेपाल विद्यालय कर्मचारी परिषद्का बरिष्ठ उपाध्यक्ष लक्ष्मण भट्टले आगामी आर्थिक बर्ष २०७९/०८०को बजेट मार्फत बाल विकासका शिक्षक एव विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि बारे सरकारले स्पष्ट नपारेका कारण प्रधानमन्त्री शेर बहादुर देउवा, सत्ता साझेदार दलका नेता प्रचण्ड सहित शिक्षामन्त्री पौडेल र अर्थमन्त्री प्रभाकरलाई भेटघाट गरेर बृद्धिका लागि माग अघि सारेको बताए ।

प्रचण्डले माओवादीका तर्फबाट सरकारमा सहभागि शिक्षामन्त्री पौडेल र अर्थमन्त्री प्रभाकरलाई जसरी भएपनि निम्न स्तरका विद्यालय कर्मचारी र बाल विकासका शिक्षकको तलब बृद्धि गर्न निर्देशन दिएका थिए । पार्टी अध्यक्ष प्रचण्डको निर्देशन पछि अर्थमन्त्री शर्मा र शिक्षामन्त्री पौडेलले निम्न स्तरका कर्मचारीको तलब बृद्धि बारे प्रतिबद्धता जाहेर गरेका छन । बाल विकास, विद्यालय कर्मचारीको तोकिएको तलबमा बृद्धि गरेरै सिधै संघीय सरकारबाट दिनुपर्ने जोडदार माग अघि सारेका हुन । बाल विकासका शिक्षकको १५ हजार सहित १५ प्रतिशत बृद्धि गरी एकमुष्ठ केन्द्रबाटै दिनुपर्ने, विद्यालय कर्मचारी लेखापालको २०हजार ५सय र सहयोगीको १५ हजार सहित १५प्रतिशत बृद्धि गरेर सघीय सरकारबाटै उपलब्ध गराउनुपर्नेमा जोडदिएका छन ।

गरिब, उत्पिडनमा परेका निम्न स्तरका भुई मान्छेहरुलाई मुल धारमा ल्याउनुपर्छ भन्दै जनयुद्धमा होमिएका तिनै नेता प्रभावकर अर्थमन्त्री भएपनि शिर्ष उच्च कर्मचारीप्रति मायादाया गर्दै निम्न स्तरका कर्मचारीमाथि विभेद गरिरहेको भन्दै जनयुद्धको नीति विपरित कार्य गरिरहेको टिप्पणी गरिरहेका छन । शिक्षक महासंघका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मी किशोर सुवेदीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा यस अघि शिक्षक महासंघसंग सरकारले गरेका सम्झौता कार्यान्वयन नगरे आन्दोलनको चेतावनी दिएको छ ।






