नवनिर्वाचित जनप्रतिधीलाई पतञ्जली योग समिति दोधारा चाँदनीद्धारा स्वागत तथा सम्मान


दोधारा । दोधारा चाँदनी नगरपालिका स्थित रहेको पतञ्जली योग समितिले स्थानिय तहका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ स्थित रहेको पतञ्जली योग समितिले दोधारा चाँदनी नगरपालिकाका स्थानिय तहमा निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरेको पतञ्जली योग समितिका महामन्त्री हरिओंम रसाईलीले जानकारी दिएका छन् । हालै दोधारा चाँदनी नगरपालिकाको स्थानिय तहमा निर्वाचित भएका जनप्रतिनिधीहरुलाई कार्यकालको सफलताका साथै निर्वाचित भएकोमा सम्मान गरिएको पतञ्जली योग समिति दोधारा चाँदनी महामन्त्री हरिओंम रसाईलीले बताएका छन् । सम्मान कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, नगर उपप्रमुख गंगा जोशी, दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा नगर प्रबक्ता ओंम बस्नेत, वडा नं. ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा सदस्य कमला देबी उपाध्याय्, आईत बहादुर क्षेत्री, दिलसरा सुनार, वडा नं. ९ का वडाध्यक्ष गोपीलाल कडेंल, पतञ्जली योग समिति दोधारा चाँदनीका योग साधक बन्दना पौडेल, अनुश्री नेपाली, योग शिक्षक ईन्दु सिंह, उत्सव सिंह, देब बहादुर थापा लगाएतको उपस्थिती रहेको थियो । दोधारा चाँदनी नगरपालिकाको बिभिन्न स्थानमा योग मार्फत नागरिकहरुहरुलाई सचेत बनाउने अभियान निरन्तर चलिरहेको पतञ्जली योग समितिका महामन्त्री हरि ओंम रसाईलीले जानकारी दिएका छन् । योग मार्फत नागरिकहरुलाई सकारात्मक सोच तथा योग मार्फत स्वस्थ बनाउन पतञ्जली योग समिति सक्रिय रहदै आएको कार्यक्रममा उनले बताए । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले पतञ्जली योग समिति व्यक्तिको स्वास्थ्य मात्रै नभई समानता प्रदान गरेको बताएका छन् । समाजमा सकारात्मक अभियान प्रवाह गर्न योग प्रमुख माध्यम रहदै आएको हुदा दोधारा चाँदनी नगरपालिका कार्यालयले पतञ्जली योग समितिलाई आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता जाहेर गरेको बताईएक


Loading Viewer...

ताजा समाचार

spot_img