निड्स नेपालद्वारा कृष्णपुरमा प्रगति समीक्षा तथा आगामी योजनाको बारेमा छलफल

कञ्चनपुर: कृष्णपुर नगरपालिकामा निड्स नेपालद्वारा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रगति समीक्षा तथा आगामी योजनाको बारेमा छलफल गरिएको छ ।

कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाको प्रमुख आतिथ्य, नगर उपप्रमुख द्रोपती रानाको विशिष्ट आतिथ्य तथा निड्स नेपालका अध्यक्ष अन्जु जोशी भट्टको अध्यक्षतामा शनिबार कार्यक्रम गरिएको हो ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले स्वागत मन्तव्यका साथै पालिकामा सहयोग गर्ने दातृ निकाय केयर नेपाल, मर्सिकोर, एल डब्ल्यु आर तथा आवा ईन्टरनेशनल र विएमजेडको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित परियोजनाहरू क्रमशः कोभिड प्रतिकार्य तथा पुनर्लाभ कार्यक्रम, समुदायका लागि बाढी उत्थानशील मापन परियोजना, रिकोभर परियोजना र सुरक्षित आप्रवासन परियोजनाले गरेका कामको उपलब्धि बारेमा जानकारी गराउनु भयो ।

छलफलका क्रममा अतिथि वक्ताहरूले कार्यक्रम राम्रो रहेको र फिल्ड स्तरमा पनि वडा स्तरबाट नै समन्वय गर्ने कुराको जानकारी गराउनु भएको छ । त्यस क्रममा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले निड्स नेपालबाट सञ्चालित कार्यक्रमहरूको सराहनीय गर्दै पालिकासँगको समन्वय थप बढाउनु पर्ने र नियमित रूपमा सम्पर्क गर्नु पर्ने आवश्यकता औँल्याउनु भयो ।

कार्यक्रममा कृष्णपुर नगरपालिकाका नव निर्वाचित वडा अध्यक्षहरू, वडा सदस्यहरू तथा शाखा प्रमुख तथा प्रतिनिधिहरू, निड्स नेपालका सहकार्यकारी निर्देशक प्रकाश चन्द्र मडै, कार्यक्रम संयोजक केशव मलासी, स्वास्थ्य कर्मचारी पार्वती खुना, सामाजिक परिचालक लक्ष्मी बडायकको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन निड्सका कार्यक्रम संयोजक विनोद सिंह कडाराले गर्नु भएको हो ।

ताजा समाचार

This will close in 10 seconds