कञ्चनपुर : भीमदत्तनगरपालिका– १५को वडा कार्यालयले घाँसको बिउ वितरण गरको छ । उक्त घाँसको विउलाई ५०० ग्राममा विभाजन गरी वडामा रहेका कृषानलाई वितरण गरेको छ । थोरै मात्रामा पाए पनि सबैले पाउदाँ कृषानहरु हर्षित भएका छन् ।
‘‘सन्तुलित वातावरण सुशासन सहितको समाजवाद उन्मुख समृद्ध नगर, कृषि, पर्यटन तथा प्रविधिमा आधारित अर्थतन्त्र विकासको आधार’’ भन्ने मुल नारा बोकेको भीमदत्तनगरपालिकाको आर्थिक विकास शाखा/कृषि/ पशुपंक्षी विकास उपशाखा बाट प्राप्त भएको घाँसको बीउ वितरण गरेको हो । भीमदत्तनगरपालिका बाट प्राप्त ८० के.जी घाँसको बिउ सबै कृषकहरुलाई पु¥याउने उद्देश्यले ५०० ग्राममा विभाजन गरी १८० परिवारलाई वितरण गरको वडा सदस्य हरी प्रसाद भट्टले बताए ।
विउ वितरण भएको देखेर भीनपा –१५ का स्थानिय खुशि भएका छन् । यो भन्दा पहिले पनि यसरी विउ वितरण हुने गरको तर पहिलेका जनप्रतिनिधीहरुले आफ्ना आफन्तलाई मात्र वितरण गरेको आरोप स्थानीय ममता लोहारले बताईन । यो भन्दा पहिलेको जनप्रतिनिधिबाट कुनै पनि कुराको जानकारी स्थानियले नपाएको स्थानियले गुनासो पोखे ।
स्थानियहरुले अहिले नयाँ–नयाँ भएर नयाँ जनप्रतिनिधीहरुले यसरी काम गरेका हुन कि भन्ने आशंका पनि व्यक्त गरे । यसरी सधंै जनताको प्रत्यक्ष सहभागीतामा काम गरे यो नवनिर्वाचित जनप्रतिनिधि लोक प्रिय हुने स्थानिय लोकराज भट्टले बताए ।







