शान्ती आधारभूत विद्यालय बनकट्टीले नर्वनिवाचित वडाका पदाधिकारीलाई स्वागत तथा निर्वतमान पदाधिकारीलाई विदाई ग¥यो


कञ्चनपुर: शान्ती आधारभूत विद्यालय बनकट्टीले शिक्षक अभिभावक संघ गठन तथा स्वागत सम्मान एवम् विदाई कार्यक्रम गरेको छ । जसमा निर्वाचित वडा पदाधिकारीहरुको स्वागत सम्मान गरेको छ भने निवर्तमान वडा पदाधिकारीहरुको सम्मान पत्र सहित विदाई गरेको छ । बैशाख ३० गते भएको निर्वाचन बाट निर्वाचित भएका वडा नं. १४ का अध्यक्ष भोजराज जोशी, सदस्यहरु तेज बहादुर कुवँर, मान बहादुर विष्ट देवी दमाई र मञ्जु कुँवरलाई स्वागत गरिएको छ । त्यसैगरी निर्वतमान अध्यक्ष उत्तम विष्टको टिमलाई विदाई गरिएको आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्टले बताए ।

उक्त कार्यक्रममा पिटिएको स्थापना गरिएको छ । विद्यालयबाट सरुवा भई गएकी शिक्षिका राधिका सिह । कक्षा ८ पास गरि गएका विद्ययार्थीलाई विदाई गरिएको छ । कार्यक्रममा वाड नं. १४ का नवनिर्वाचित पदाधिकारी र निर्वतमान पदाधिकारीहरुलाई प्रमाण पत्र र मायाको चिनो सहित स्वागत र विदाई गरिएको प्रधानाध्यापक विष्टले बताए । शान्ती आधारभूत विद्यालय शैक्षिक गतिविधिको साथै हरेक क्षेत्रमा यहाँका विद्यार्थीहरु अगाडि आउनेमा आफु विश्वस्त रहेको प्रधानाध्यापक विष्टले बताए ।May be an image of 8 people, people standing and outdoors


ताजा समाचार

spot_img