पुनर्वास काँग्रेसका बागी उम्मेदवार माओवादी केन्द्रमा प्रवेस


कञ्चनपुर : कञ्चनपुरको पनुर्वास नगरपालिका क्षेत्रमा विभिन्न पाटी परित्याग गरेर केही नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । काँग्रेसबाट पुनर्वास नगरपालिका विभिन्न वडाहरुमा बागी उम्मेदवारी दिएका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका हुन । पुनर्वास नगरपालिका ४ को वडाध्यक्षमा काँग्रेसका बागी उम्मेदवार पान बहादुर ओड, स्वतन्त्र सदस्य उम्मेदवार काली नेपाली सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन ।No description available.
माओवादीकै आन्दोलन, संघर्ष र एजेण्डाका कारण आज महिला, दलित महिला राजनीतिक उच्च तहको पदमा जिम्मेबारी पाएको भन्दै उसको नीति, एजेण्डा उसैलाई सहयोग गर्ने भन्दै महिला, दलित आदिवासी माओवादी केन्द्रमा प्रवेस गरिरहेका छन । माओवादी केन्द्र प्रवेस गरेकाहरुलाई नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बिना मगर सहितका नेताहरुले पाटी प्रवेस गर्नेहरुलाई स्वागत गरेका छन । माओवादी केन्द्र कञ्चनपुरका युवा नेता दिपक तिमिल्सेनाले पुनर्वास सहित बेलौरीबाट समेत केही नेता कार्यकर्ता माओवादीमा प्रवेस गरेको बताए ।No description available.
माओवादी प्रवेस गर्ने स्थानीय नेता कार्यकर्ताहरुले माओवादी कारण स्थानीय तहको निर्वाचन सहितका प्रदेश, प्रतिनिधी अन्य सरकारी जागिरहरुमा महिला, आदिवासी, जनजाति, दलित महिला, अपाङ्गता सबै क्षेत्रबाट प्रतिनिधित्व भईरहेकाले संघीयता एव समावेसी सहभागिताको प्रभावकारीरिताका लागि माओवादी केन्द्र रोजिरहेको बताईरहेका छन ।

ताजा समाचार

spot_img