पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका वर्ष ३५ का सिता बादी बिहान उठेदेखी बेलुकी साँझ सम्मै गाँउ बस्तीमा अर्काको खेतवारीको काममा व्यस्त हुन्छन् । उनको शरिरैभरी घाउ छ् । उनका श्रीमान रेशम बादी भारतमा ज्याला मजुरी गर्न गएका छन् । केही दिन अघि मात्रै राजधानी काठमाण्डौंबाट ज्यालामजुरी गरेर फर्केका उनका श्रीमान रेशम बादीको खासै पैसा कमाई नभएपछि फेरी ज्यालादारी गर्न भारत पस्न बाध्य भएको सपना बादीले बताएका छन् । ‘काठमाण्डौंबाट कमाएको थोरै पैसा थियो । उपचारमा सक्कीयो’ सिता बादीले भने । शरिरै भरी आगोले पोलेको जस्तो घाउ भएर पिडित सिताको उपचार गर्न रकम नभएर भौतरिरहेका छन् । केही अघि दोधारा चाँदनी नगरपालिका वडा नं. ६ हेल्थपोष्ट बजार नजिक रहेको आरोग्य मेडिकेयरमा उपचार गर्दै आएका सितालाई उच्च रक्तचापको समस्या भएको कारण गर्मीमा कडा काम गर्न नसक्ने गरेको उनले बताईन् । माछा मार्ने, मादल बनाउने तथा गाँउ बस्तीमा माँगी हिड्ने पुर्खौली पेशा छोडेर उनी र उनका श्रीमान ज्याला मजुरी दिन बिताउदै आएका छन् । उनको परिवारले दुई छाक मिठो मसिनो पेटभरी खान नपाएको उनिहरुको पिडा छ् । ‘पुर्ख्यौली काम बन्द गरी ज्याला मजुरी गर्न तर्फ लागे,’ सिताले भने, ‘पेशा बदले पनि समस्या उस्तै छन् ।’ माछा मार्ने, मादल बनाउने तथा गाँउ बस्तीमा माँगी हिडेर परिवार पाल्न नसक्ने अवस्था आएपछि ज्यालामजुरी गर्न थालेको उनको भनाई छ् । तर, ज्यालामजुरी गरेर जिवनस्तरमा सुधार नआएको उनले बताए । आफु र श्रीमानले ज्याला मजुरी गरेर कमाएको पैसाले खाना समेत नपुग्ने गरेको सिताको परिवारजनको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिकाले अरुको जग्गा फिर्ता गरिदिएको भएपनि आफ्नो परिवारको जग्गा फिर्ता नगरेको दोधारा चाँदनी नगरपालिकाका स्थानिय सरकार संगको सिताको परिवारको गुनासो छ् । तत्कालिन माओबादी र नेपाल सरकार बिच द्धन्द्धको बेला आफुहरु असुरक्षित भएको भन्दै उनिहरु आफ्नो घर जग्गा छाडेर भारत पलाएन भएका थिए । उनले छोराछोरी विद्यालय पठाएका छैनन् । गएको केही महिना अघि दाताहरुले दिएको त्रिपालले छाएको झुप्डीमा उनिका परिवार बस्दै आएका छन् । घाम पानीले त्रिपाल च्यात्तीएको कारण आकाशबाट परेको पानी सबै घरभित्रै आउने गरेको सिताले बताएका छन् । ‘नयाँ–नयाँ प्रविधि आएपछि मादल बिक्री हुनै छाड्यो । फेरि मादल बनाउने काठ पनि पाउन छाड्यो । काठनै नभएपछि हाम्रो पेशा कसरी चल्छ ?’ बडवाल टोलका बादी बस्तीका अगुवा बिरभाम बादीले भने । पुर्ख्यौली पेशा माछा मार्ने, मादल बनाएर बेच्ने गरेर जिवन निर्वाह गर्ने बादी समुदायले बिस्तारै पेशा छोडे पनि नयाँ पेशाबाट पनि उनीहरु खुसी भने छैनन् । बादी समुदायलाई स्थानिय सरकारले आय आर्जनमा केही योजना ल्याएर श्रम गर्ने वातावरण मिलाईदेला कि भन्ने आशा छ् ।







