पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनीमा सडक दुर्घटना न्युनिकरणका लागि प्रहरीले चेक जाँचमा कडाई गर्न थालेको छ् । दोधारा चाँदनी नगरपालिकाका मुल सडक खण्डमा नियमित सवारी साधान चेक जाँच कडा बनाईएका ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । सडकहरुमा बिना हेल्मेट, बिना कागजात सवारी साधन चलाउने चालकहरुलाई पहिलो पटक सम्झाई बुझाई गर्ने, नमाने आवश्यक कारवाही गर्ने अभियान सुरु गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक रोशन राज पाँण्डेले जानकारी दिएका छन् । जसले गर्दा सडक दुर्घटनामा कमी आउनुको साथै राजस्व संकलनमा समेत बृद्धि हुने भएको बताईएको छ् । ‘हामीले नियमित सवारी साधान चेकजाँच अघि बढाएका छौं’ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक रोशन राज पाँण्डेले भने । नगरपालिकाको बिशेष गरि मुल सडक खण्ड तथा शाखा सडकहरुमा ट्राफिक प्रहरीले सवारी साधन तथा चालकमा निगरानी बढाउदै आएको छ् । दोधारा चाँदनी नगरपालिकामा सडक सुरक्षा चेकजाँच अवधारणा लागु भएपछि सडक दुर्घटनामा कमी आउनुको साथै राजस्व संकलनमा समेत बुद्धि भएको छ् । सवारी दुर्घटनालाई न्युनिकरण गर्न चेकजाँचलाई कडा बनाएको छ । ‘मादक पदार्थ सेवन गरी सवारी नचलाउ, आफु पनि बचौं अरुलाई पनि बचाउ’ को शिक्षा दिदै नगर क्षेत्रको सडकमा ट्राफिक चेकजाँच अभियानकोरुपमा संचालन गरिएको प्रहरी निरिक्षक पाँण्डेले बताएका छन् । सवारी साधनको चाप दिनानुदिन बढदै, ओभर टेकका साथै मादक पदार्थ सेवन गरेर सवारी चलाउनाले ल्याएको समस्याका कारण नगरपालिकाको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढदै गएको प्रहरी अभिलेखमा उल्लेख छन् ।


चेक जाँचले नगर क्षेत्रमा सडक दुर्घटनामा कमी ल्याउनुको साथ–साथै राजस्व संकलनमा समेत सहयोग गर्ने प्रहरीको विश्वास छ् । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने, बिना ईजाजत र दर्ता बिनाका सवारी साधन चलाउने, हेल्मेट बिना मोटरसाईकल चलाउने माथी कडा चेकजाँच सुरु गरिएको ट्राफिक प्रहरी जवान राजेश पन्तले बताएका छन् । ‘लाईसेन्स र ब्लूबुक नभएको, हेल्मेट प्रयोग नगरेको, तीव्र गतिमा सवारी हाक्ने, क्षमता भन्दा वढी यात्रु राखी सवारी चलाउने लगाएतका सवारी चालकलाई पहिलो पटक सम्झाई बुझाई गर्ने नमाने ट्राफिक नियम अनुसार कारबाही गर्ने गरेका छौं’ ट्राफिक प्रहरी जवान पन्तले भने । नगर क्षेत्रमा बढ्दो सहरीकरण तथा सवारी साधनको बढ्दो चापले दुर्घटनाको जोखिम बढ्दै गएकोले समयमा हुन सक्ने सम्भावित दुर्घटना रोक्नका लागि सबै सचेत बन्न ट्राफिक प्रहरीले अनुरोध गर्दै आएको छ् ।


दोधारा चाँदनी नगरपालिकाको वडा नं. ४ महाकाली झोलुङ्गे पुल नजिक, वडा नं. ५ र ६ हेल्थपोष्ट बजार नजिक तथा वडा नं. ७ को बाबाथान बजार नजिक क्षेत्रमा प्रहरीले मोटर साईकल, टेम्पो, म्याजिक लगाएत सवारी साधनमा मोवाईल चेक जाँच बढाउदै आएको प्रहरीको भनाई छ् । ट्राफिक ब्यबस्थापनको जिम्मेवारी पाएका अस्थायी ट्राफिक प्रहरी पोष्ट दोधारा चाँदनीमा साधान श्रोत अभाव संगै जनशक्ति न्यून छ् । कार्य क्षेत्र ठूलो श्रोत साधन अभाव र ट्राफिक प्रहरी एक जना मात्र भएको कारण ट्राफिक ब्यबस्थापनमा कमी आएको एकथरीको भनाई रहेको छ् । ग्रामीण भेग र ट्राफिक जनचेतनाको अभावले पनि ट्राफिक ब्यबस्थापनमा समस्या आउने भएकोले यस विषयमा जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने र नियमितरुपमा सवारी चेकजाँच गर्ने गर्दै लग्ने ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको योजना रहेको छ् ।







