स्वास्थ्यकर्मीले लार्पबाही गरेको भन्दै स्वास्थ्य केन्द्रमा तालाबन्दी

नगरपालिकासंग क्षतिपूर्तिको माग


कञ्चनपुर: चार दिन अघि बुष्टर डोज खोप लगाएर मरेकी भीमदत्त नगरपालिका १९बागफाँटाकी २० बर्षिया महिला गंगा रानाको मृत्यु प्रकरण पछि केही स्थानीले स्वास्थ्यकर्मीले लार्पबाही गरेको भन्दै स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन । रानाको मृत्यु भएको राती स्थानीयले स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका हुन । मृतक परिवार र आफन्तले सरकारका कर्मचारीको लार्पबाहीले गंगाको मृत्यु भएकाले नगरपालिकासंग क्षतिपूर्तिको माग अघि सारेका छन ।

मृतक पक्ष नगरपालिका आएका छन । मृतकका आफन्त चरन रानाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । ‘खोप लगायतका गंगाको मृत्यु भएको छ, केही बिरामी भएका छन, ‘उनले भने, ‘यो खोप पुरानो वा सकिएको हो, किन लगाईयो ।’ गंगाको मृत्युसंगै उनका नाबालक छोरा टुहुरा भएका छन । गंगाका श्रीमान रवी मजदुरी गर्दै घर व्यवहार चलाउँदै आएका छन ।

स्वास्थ्य केन्द्र बागफाँटाका इन्चार्ज उर्मिला जोशीले गंगा बिहान खोप लगाउनका लागि राम्रो अवस्थामा आएको बताईन । गंगाको मृत्यु प्रकरण बारे स्वास्थ्य कार्यालय, भीमदत्त नगरपालिका पन्छिन खोजेका छ । उनीहरुले अहिले नै आधिकारिक जवाफ दिन नसकिने बताईरहेका छन ।


ताजा समाचार

spot_img