कार्याभार समालेको एक साता नबित्दै वडालाइ जीयोग्राफी बनाउने वडा अध्यक्ष को ठोकुवा

विकासका एजेन्टा लिएर सिहदरवार सम्म धाउने उहांको प्रतिबधता


बिरेन्द्र बाग/बझाङ: जिल्लाको बुङगल नगरपालिका वाड न १० भौगोलिक अवस्था बिकट भएकाले विकास गर्न अलि अप्ठ्यारो भएको निवर्तमान वडा अध्यक्ष प्रेम ओखेडा को दाबि छ ।उहाका अनुसार वडा को पहिलो समस्या भनेकै यातायात रहेकोले पहिलो प्राथमिकता यातायात लाइ दिने उहाले सेरोफेरो बहसमा कार्यक्रम प्रस्तोता धुर्व कुवर सङ्ग बताएका छन्।

उक्त बहसमा आफ्नो वडामा रहेको नेपाल टेलिकमको टावर मा विधमान समस्या भएकाले उक्त टावरलाइ छिट्टै 4G को व्यवस्था गर्ने र उक्त समस्या लाइ दुर सन्चार कार्यालय गएर पनि केहि समय पछि समाधान गर्ने बताएका छन्। विधुत भने निवर्तमान नगर प्रमुख ले ठेक्का परीसकेको र छिट्टै बुङ्गल घरघर मा झिलीमिली हुने बताएका छन्। समग्र वडा को विकास को लागी अग्रज नेताहरु सङ पनी हातेमालो गरी यथावत् समस्या समाधान गर्ने बताएका
छन ।

माटोलाइ परीक्षण गरी कृषि मा सुधार गर्ने , बिशेष प्राथमिकता कृषि र व्यापार लाइ दिने बताएका छन खानेपानी को लागी भने मुहान को समस्या भएको र प्रस्सुतीगृह को लागी भने ३ दरबन्दी र ४ कोठे भवन स्वीकृत भैसकेको र ठाउ तोकिरहेको भनेका छन ।सबै विकास सम्भव हुन नसक्ने र वडा नं १० लाइ जीयोग्राफी बनाउने र बिकासका एजेन्टा लिएर सिंहदरवार सम्म धाउने उहाँ ले बताएका छन्।


ताजा समाचार

spot_img