बिरेन्द्र बाग/ बझाङ :बझाङ जिल्लाको बुङ्गल नगरपालिका १० डौडमा मा स्वास्थ्य भवन सन्चालनमा आएको छैन विगत केहि बर्ष अगी नै स्वास्थ्य भवन बने पनि सन्चालन मा ल्याउन भने सकेका छैन आ व २०७५/७६ मा प्रदेशबाट २५ लाख बजेट छुट्याएको हो।

त्यतीबेला गाउमा कहाँ बनाउने भनेर छलफल मै २-३ महिना समय यतिकै खेर गयो पछी म भोकै बस्ला बरु आएको योजना फ्रीज नहालौ भनी स्थानिय बासी लक्ष्मण बागले आफुले उपभोग गर्दैआएको जमीन स्वास्थ्य भवन को लागी हस्तान्तरण गरीदिए । सम्झौता भए भवन बन्यो बिडम्बना संचालनमा भने आउन सकेन गाउमै स्वास्थ्य को भवन बन्यो भनेर त्यो ठाउँ का मानीस खुसी देखिन्थे तर अहिले सम्म सन्चालनमा न आउदा खुसी देखीदैनन सामन्य ज्वरो आए पनि ३-४ घन्टा हिडेर देउलेक,बाजर सम्म धाउनु परेको छ ।

भनि स्थानिय बासी भन्छन स्थानियले उक्त स्वास्थ्य भवन संचालनमा ल्याऔ कर्मचारी को माग गर्दा पनी अझै पनि स्थानिय सरकार ले ध्यान दीएको छैन ।







