कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा महेन्द्रनगर म्युजियममा नयाँ व्यवस्थापनको साथमा नयाँ प्रविधीयुक्त सेवा सुविधा सहित संचालन भएको छ । क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा सञ्चालित म्युजियममा अहिले नेपालमा कुनैपनि ठाँउमा नभएको अप्स एण्ड डाउन भन्ने बिधी अनुसारले बिभिन्न तरिकाले फोटो खिच्न मिल्ने व्यवस्थापन गरेर संचालन गरेको छ ।
म्युुजियमको सबै भन्दा तल्लो कोठामा सुल्टो फोटो खिच्दा उल्टो देखिने व्यवस्था गरिएको संचालक क्याप्टेन वेदप्रकाश उप्रेतीले जानकारी दिए । विगत ३ वर्षदेखी उक्त म्युजियममा हेलिकप्टर र बिभिन्न पोजमा फोटो खिच्न मिल्ने व्यवस्था र अहिले भित्रै स्विमिङ पुलको पनि व्यवस्था रहेको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत भीमदत्त नगरपालिकाको भासीमा सञ्चालित म्युजियम अहिले साडे ३ कठठामा संचालित रहेको र अहिले सम्म कुल लागत ८ करोडको हाराहारीमा रहेको संचालक उप्रेतीको भनाई रहेको छ ।






