कञ्चनपुर : भृकुटी मा बि महेन्द्रनगर ले आज विद्यालय मा सचालित इलेक्टि्रकल इन्जिनियरिङ्ग कार्यक्रम को पहिलो ब्याजको बिदाइ समारोह सप्पन्न गरेको छ । २०७५ सालमा पहिलो पटक विद्यालय मा डिप्लोमा इन इलेक्टि्रकल इन्जिनियर मा भर्ना भै आफ्नो ३ बर्स ६ सेमेस्टर पूरा गरि जाने बिद्यार्थीहरुलाइ शुभकामना सहित बिदाइ गरिएको छ ।

बिदाइ समारोह कार्यक्रमको सभापत्विमा इलेक्टि्रकल इन्जिनियरिङ्गको पाचौं सेमेस्टरमा अध्ययनरत बिद्यार्थी दीपेन्द्र ब. बोहराले गरेका थियो भने प्रमुख अतिथिको रूपमा बि.ब्य.स. अध्यक्ष सुशील कुमार भट्टले गरेको थिए । यसै गरि बि.ब्य.स. सदस्य राजेन्द्र आग्री, प्र.अ. केसर सिह महरा, प्राबिधिक कार्यक्रम सयोजक लक्ष्मि भट्ट, इन्जिनियर कमल लेखक, इन्जिनियर विशेष साह प्रशिक्षक दिपक चौधरी सरको उपस्थितिमा बिदाइ समारोह सप्पन्न गरिएको छ ।

बिदाइ भै जाने बिद्यार्थीहरुलाइ बि ब्य स अध्यक्ष सुशील भट्ट, बि.ब्य.स सदस्य राजेन्द्र आग्री लगाएत प्र.अ. केसर महरा, इन्जिनियर कमल लेखक, सयोजक लक्ष्मि भट्ट, मा.बि. सयोजक बिरेन्द्र भट्टले उज्ज्वल भविष्यको कामना सहित शुभकामना राखेका थिए । यसै गरि बिदाइ भै जाने बिद्यार्थीहरुले सस्थाले जे जसरी भए पनि आफुहरुलाइ प्राबिधिक शिक्षा प्राप्त गर्ने अवसर दिएकोमा सस्था प्रती हार्दिक धन्यवाद दिएका थिए । भृकुटी मा. बि. महेन्द्रनगरले यश क्षेत्रमा प्राबिधिक शिक्षाको बिकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उदेश्य लिइ सिटिभिटी बाट सम्बन्धन लिइ विभिन्न कार्यक्रम सचालन गर्दै आएको छ ।

बिदाइ समारोहमा बिधालयमा प्राबिधिक शिक्षा स्थापना गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने तत्कालीन बि.ब्य.स. अध्यक्ष भिम भट्ट तथा प्र.अ. केसब दत्त पन्तको योगदानलाई बिदाइ समारोहका बिद्यार्थी एव वक्ताहरुले स्मरण गरेका थियो । भृकुटी मा.बि. महेन्द्रनगरले स्थापनाको दिनहरूमा सम्पुर्ण पुर्वाधारहरु तयारी गर्न नसकेता पनि हाल आएर बिद्यालय आफनो स्रोत तथा प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिसदको सहयोगमा सबै प्रकारका प्रयोगशालाहरु निर्माण सप्पन्न गरेको छ भने अझै थप इलेक्टि्रकल इन्जिनियर शीत संबंधित ल्याब, वर्कसप, लगाएतका सामग्रीहरुको पुर्ण बन्दोबस्त गर्ने धारणा बि.ब्य.स. अध्यक्ष सुशील भट्टले गरेका थिए ।
हाल भृकुटी मा.बि.ले सचालन गरेको डिप्लोमा इन इलेक्टि्रकल कार्यक्रमको प्रथम ब्याजलाई सफलता पुर्वक बिदाइ गर्न पाउँदा विद्यालय परिवार हर्सित भएको कुरा मा.बि. सयोजक बिरेन्द्र प्रसाद भट्ट ले जानकारी दिए । भृकुटी मा. बि.मा हाल इलेक्टि्रकल इन्जिनियर डिप्लोमा को ३ बर्से कार्यक्रम, प्री डिप्लोमा कार्यक्रम हरुमा सबै सेमेस्टरमा विभिन्न क्षेत्रका बिद्यार्थीहरु अध्ययन गरि रहेका छ्न भने संबंधित क्षेत्रका सबै पुर्वाधारहरुको तयारी पूरा हुँदै गै आगामी दिनमा एक प्राबिधिक तथा साधारण शिक्षा को शैक्षिक गन्तब्यको हब बन्ने बिश्वास लिएका सयोजक भट्टले बताए ।






