बझाङ जिल्लामा नेपाल टेलिकमका टावरमा अप्टिकल फाइबर जडान


बिरेन्द्र बाग \ बझाङ : जिल्लामा रहेका चारवटा नेपाल टेलिकमका टावरमा अप्टिकल फाइबर जडान हुने भएको छ। बझाङ जिल्लाको प्रवेशद्वार तिर बिथड् गाउँपालिका रहेको देउलेख टावर केदारस्युँ गाउँपालिका वडा नम्बर 8 बाघथलामा रहेको टावर र बझाङ जिल्लाको सदरमुकाम चैनपुर गरी नेपाल टेलिकमका चारवटा टावरमा अप्टिकल फाइबर जडानको काम भइरहेको छ ।

अप्टिकल फाइबर कम्पनीका जानकार राम चन्द ढकालका अनुसार देउलेख पोल गाड्ने काम भइसकेको बाँकी काम आफ्नो टिमले गरिरहेको जानकारी दिएका छन् बझाङ जिल्लामा अप्टिकल फाइबर पुगिसकेपछि नेपाल टेलिकमको इन्टरनेट भ्वाइस कलमा सुधार हुने उहाँले जानकारी दिनुभयो नेपाल टेलिकम बझाङ्ग का विभिन्न टावर मा नेपाल टेलिकमको सेवा गराई बढी भएकाले फोन काटिदिए फोन नलाग्ने नेटवर्क व्यस्त देखाउने इन्टरनेट नचल्ने समस्या कायमै छ।

यो समस्या अप्टिकल फाइबर पुगिसकेपछि समाधान हुने नेपाल टेलिकमले जानकारी दिनुभएको छ बझाङ बैतडीका विभिन्न गाउँपालिकामा नेपाल टेलिकमका नयाँ टावर राख्ने काम पनि जारी रहेको छ केही टावर राखिसकेका छन् भने केही टावर राख्ने पलान मा रहेको नेपाल टेलिकम धनगढी कैलालिका बरिष्ठ इन्जिनियर घनश्याम पाठकले जानकारी दिनुभएको छ ।


ताजा समाचार

spot_img