कञ्चनपुर : मदिरा सेवन गरेर नेकपा एकीकृत समाजवादीका नेता भुपेन्द्र भण्डारीको घरमा एमाले कार्यकर्ता नरेश गिरी, काँग्रेस कार्यकर्ता करन विष्ट समुहले बिवाद गरेको विषयमा बेदकोट ८ वडाध्यक्षमा पराजित एमालेबाट हर्क हर्कनाथ योगी र काँग्रेसबाट दिलु बोहराले आफै उपस्थिति भई लगाएको ताला खुलेको छ ।

मंगलबार उनीहरुले वडाध्यक्ष महेश जोशी गठबन्धनका नेताहरुले कुटपिट गरेको भन्दै वडामा तालाबन्दी गरेका थिए । तालाबन्दी भएसंगै वडाध्यक्ष जोशी सहितका निकायले तालाबन्दी खाल्नका प्रयास गरे अनुरुप मंगलबार ताला खुलेको छ । भण्डारी गिरी पक्षको विवाद मिलाउने गरी ताला खुलेको नेकपा एकीकृकत समाजवादीका नेता पुष्कर भट्टले बताए । चुनाव हारेको झोकमा कुनै जनतासंग सरोकार नराख्ने मदिरा सेवनका बेला विवाद भएको विषयमा वडा कार्यालयमा लगाएको तालाबन्दीको स्थानीयबाट समेत बिरोध भएको थियो ।







