बेदकोट ८ मा एमाले काँग्रेसले चुनाव हार्दा राजनीतिक प्रतिशोधले तालाबन्दी गरे : गठबन्धन


कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका ८ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेको विषयमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले एमाले–काँग्रेसले चुनाव हार्दा राजनीतिक प्रतिशोध साँध्नका लागि वडा कार्यालयमा तालाबन्दी गरेको जनाएका छन । माओवादी र समाजवादीले संयुक्त एक प्रेस विज्ञप्ती जारी गर्दै राजनीतिक पुर्वाग्रही चुनाव हारेको झोकमा लगाएको तालाबन्दीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । तालाबन्दी गर्दै गर्दा सेवा लिईरहेका सेवा ग्राहीलाई महेशराज जोशीलाई भोट किन दिएको भन्दै धाक धम्की सहित सार्वजनिक रुपमा अभिव्यक्ति लिएको घटनाप्रति समेत खेद प्रकट गरेका छन ।

भुपेन्द्र भण्डारीको घरमा गठबन्धनका नेता घर परिवार सदस्य समेत बसेर छलफल गरिरहेका बेला नरेश गिरी लगायतका केही मान्छे मदिराको मातमा राती भुपेन्द्रको घरमा भित्र गई ढोकामा लात्तीले हानेर ढोका खोलेर भित्र गएर गाली गलैच गरेर विवाद झिकेको जनाएको छ । घर परिवार सहित गठबन्धनलाई गाली गलैच गर्न थालेपछि भण्डारी बाहिर आएर घर जानु यता गाली गलैच नगर्नु भनेपछि गिरीले भुपेन्द्रलाई कुटपिट गरेको जनाएको छ । नरेश गिरीसंगै आएका व्यक्तिहरुले उनलाई कुटपिट गरेपछि प्रहरीलाई खबर गरेको जनाएका छन ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष पदम सिह साउद र माओवादी केन्द्रका शेरसिह विष्टले हस्ताक्षर गरेको विज्ञप्तीमा घटनालाई व्यक्ति गत प्रतिशोध लिएर गरेको बाहेकका अन्य कुनै नभएकाले जानकारी गराउँदै जनाताको जनजिविकासंग जोडिएको विषयमा वडाबासीलाई सेवाबाट बञ्चित गर्न अराजक चरित्र र विकास बिरोधीको अराजक गतिबिधी बिरुद्धमा संघर्षको चेतावनी दिएको छ । एमाले, काँग्रेसका वडामा चुनावमा पराजित नेताहरुले गठबन्धनका नेताहरुले गिरीमाथि कुटपिट भएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img