पत्रकारिता र संचार उपसमिति काउन्सिल’ को सदस्यतामा मिडिया एक्सन नेपाल चयन


कञ्चनपुर : चिनको युनान विश्वबिद्यालयको ‘स्कुल अफ जर्नलिज्म’ द्वारा स्थापित दक्षिण तथा दक्षिणपुर्व एसियाली पत्रकारिता विश्वबिधालय नेटवर्कको सर्बोच्च निकाय ‘पत्रकारिता र संचार उपसमिति काउन्सिल’ को सदस्यतामा मिडिया एक्सन नेपाललाई चयन गरेको छ।

नेपाल र दक्षिण एसियामा नैतिक, स्वतन्त्र र विश्वसनीय पत्रकारिताको प्रवर्द्धन कार्यमा सक्रिय र प्रभावशाली भूमिकालाई मान्यता दिँदै उपसमितिको सर्वोच्च निर्णय गर्ने निकाय परिषद्ले मिडिया एक्सन नेपाललाई काउन्सिलको सदस्यमा समावेश गर्ने निर्णय गरेको हो। युनान युनिभर्सिटीको स्कूल अफ जर्नलिज्म एण्ड कम्युनिकेसनले स्थापना गरेको उपसमिति र विश्वविद्यालयका मिडिया विभाग र दक्षिण र दक्षिण-पूर्वी एसिया क्षेत्रका अनुसन्धानमा आधारित सञ्चार संस्थाहरू मिलेर बनेको यो उपसमितिले पत्रकारिता र सञ्चारको क्षेत्रमा सदस्यहरूबीच सहकार्य प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

मिडिया एक्सनको यश चयनबाट दक्षिण तथा दक्षिणपुर्व एसियाली क्षेत्रका संस्थाहरुबीच मिडिया प्रशिक्षण आदानप्रदान तथा अनुसन्धानलगायत संयुक्त परियोजनाहरु प्रवर्द्धन गर्न थप योगदान पुग्ने मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जनाए।


ताजा समाचार

spot_img