धिरेन्द्र भट्ट/कंचनपुर : आज मुलुकभर पन्ध्रौं गणतन्त्र मनाइदै छ। सरकारले दिवसका अवसरमा देशैभर सार्वजनिक बिदा गरेको छ। २०६२/०६३ मा भएको जनआन्दोलन को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। २३८ वर्ष लामो साह वंस राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउन थालिएको छ।

राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना गर्ने उद्देश्यले नेकपा-माओवादीले २०५२ साल फाल्गुन १ गतेदेखि ससस्त्र बिद्रोहको सुरुवात गरेको गरेको थियो। २०५८ साल जेठ १९ गते नारायणहिटीमा तत्कालीन राजा बिरेन्द्रको वंशनास हुनेगरि राजपरिवारका सदस्यहरुको हत्या भयो। बिरेन्द्र पछि बाचेका राजपरिवारका उत्तराधिकारी रहेका ज्ञानेन्द्रले सम्पुर्ण शासन शक्ति आफ्नो हातमा लिएपछि बिद्रोहमा रहेको माओवादीले राजपरिवार हत्याकाण्डमा ज्ञानेन्द्रको सडयन्त्र रहेको भन्दै झन उग्र रुप लियो।

विसं २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि भारतको दिल्लीमा ०६३ मंसिर ५ गते नेपाल सरकार र नेकपा माओवादी बिच १२ बुदे सान्ती सझौता पत्रमा हस्ताक्षर भयो। सरकारको तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। उक्त सम्झौताले तीन धुर्वमा बिभाजन भएका सक्तिहरुलाई दुई धुर्वमा ल्यायो। विसं २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भयो संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपालको २४० बर्ष शासन गरेको राजतन्त्रको अन्त्री भएको घोषणा गर्यो।







