धिरेन्द्र भट्ट/कंचनपुर : इन्डियन प्रिमियर लिग(आईपिएल) मा राजस्थान रोयल्सले जस बटलरको आक्रामक सतकिय पारिको मद्धतले १४ बर्षपछि आइपिएलको फाइनलमा प्रवेश गरेको छ। गएराती भएको क्वालिफायर्स २ को खेलमा राजस्थानले बेङ्गलोरलाई ७ विकेटले गराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

टस हरि ब्याटिङ को निम्तो पाएको बेङ्गलोर ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। बेङ्गलोरका लागि रजत पाटिदरले सर्वाधिक ५२ रनको पारी खेलेका थिए। राजस्थानका लागि बलिङमा प्रसिद्ध कृणा र ओवेड मकायले समान ३ ३ विकेट हात पारे। १५८ रनको लक्ष्य पछ्याएको राजस्थानले १८.१ ओभरमा ३ विकेट गुमाउँदै जित हात पार्यो। बटलरले ६० बलमा १० चौका र ६ छक्का प्रहार गर्दै १०६ रनको अविजित पारी खेले, उनको यो सतक यो संस्करणको चौथो सतक हो।

साथै बरलरले एक सिजनमा सर्वाधिक सतक बनाउनेको सुचिमा बिराट कोहलिको कीर्तिमान सङ्ग बराबरि गरेका छन। अब फाइनलमा राजस्थानले उपाधिका लागि आइतबार गुजरात टाइटन्स सङ्ग भिड्नेछ।







