प्रतिनिधिसभामा ओलिले गरेको सम्बोधन प्रती मन्त्री बढु को जवाफ : राजनितीक पुर्वाग्रह साध्ने टिप्पणी भयो


 धिरेन्द्र भट्ट/कंचनपुर : उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले एमाले अध्यक्ष केपि शर्मा ओलिले गरेको सम्बोधन राजनितीक पुर्वाग्रह साध्ने भएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम सभामा प्रतिनिधि सांसदहरुको जवाफ दिने क्रममा बिहीवार ओलिले गरेको सम्बोधन अमर्यादित र खेदजनक भएको उल्लेख गर्दै असन्तुष्टि ब्यक्त गरेका छन।

‘देश भित्र पेट्रोलियम पदर्थमा निरन्तर बढ्दो मूल्य वृद्धि र आपूर्तिमा देशले भोक्दै आएको असहज अवस्थामा दीर्घकालीन सुधार गर्ने उद्देशले पेट्रोलियम पदार्थको आपूर्तिमा क्रियाशील सरकारको स्वामित्वमा रहेको एकमात्र संस्था नेपाल आयल निगमलाई प्रसासनिक, बित्तीय र ब्यवस्थापकिय सुधार गर्दै आपूर्तिमा सबल र सक्षम गराउने र पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज बनाउन उद्देशले यस् विषयका बिज्ञहरु सङ्ग पारदर्शी ढङ्गले छलफल गराई यस संसदबाट कानुन निर्माण गराइ लागू गर्न सकिने सत प्रयासलाई लिएर यसको सकारात्मक पक्ष जाने वा नजाने क्यालै नराखी प्रमुख प्रतिपक्ष दलका नेताले गर्नुभएको पुर्णतः आधारहीन, भ्रामक र राजनितीक पुर्वाग्रह पुर्ण टिप्पणी स्तरहिन एवं खेदजनक छ।’ बडुले पुर्वप्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलको नेता जस्तो जिम्मेवार ब्यक्तिबाट सम्मानित सदनको रोस्ट्रम प्रयोग गरेर जनतालाई आधरहिन र झुठा संदेशहरु सम्प्रेषण गरेको भन्दै ओलि लाईआरोप पुष्टि गर्न चुनौती समेत दिएका छन।


ताजा समाचार

spot_img