एमालेका भातृ संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

उल्टाखाम बालिका बलात्कार काण्डमा पीडित बालिकालाई न्याय सहित जिविकोपार्जन गर्न माग


कञ्चनपुर : नेकपा एमालेका भातृ संघ संगठनहरुले यौन हिन्साको शिकारमा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी बालिका बलात्कार घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सार्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र पठाएको छ । बिहीबार एमाले निकट चार भातृ संघ संगठनहरुले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत उल्टाखाम निर्मला हत्याकाण्ड बारे पीडितलाई न्याय सहित जिविकोपार्जनको व्यवस्था गनुपर्ने माग गर्न ज्ञापन पत्र पठाएको हो । नेकपा एमाले निकट अनेरास्ववियु कञ्चनपुरका सचिव नरेन्द्र कार्कीले बालिकामाथि जघन्य प्रकृतिको अपराध हुँदा समेत सरकारले राहत, क्षतिपूर्ति बालिकालाई न्याय दिन आलटाल गरेको भन्दै ज्ञापन पत्र बुझाएको बताए ।

नेकपा एमाले निकट भातृ संघ संगठनले बलात्कारको हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेका छन । निर्मम यातना पछि बलात्कार गरिएको घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको हो । अखिल नेपाल महिला संघकी अध्यक्ष कलसा महरा, अनेरास्ववियुका जिल्ला अध्यक्ष कमल रोकाया, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष केशव चन्द र अखिल नेपाल किसान महासंघ सचिव राम ब बुढाले हस्ताक्षरित गरिएको ज्ञापन पत्रमा पीडितको पुर्ण स्वास्थ्य उपचार एव राहत दिन माग अघि सारेको छ ।

देउवा नेतृत्वको सरकारले जनताको ढाडसेक्ने गरी ईन्धन लगायतमा चर्को मुल्य बृद्धि समेत फिर्ता लिन माग अघि सारेको छ । पाँच बर्ष अघि १० साउन ०७५ कञ्चनपुर उल्टाखामकी १३ बर्षिया नाबालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । निर्मला पन्तको बलात्कारी हत्यारा पत्ता नलात्दै फेरी उल्टाखामकी एक नाबालिकामाथि जघन्य अपराध घटेको छ । मंगलबार मिलन टोलका ३३ बर्षिया दिनेश मालीले घरमै झुण्डिएर आत्महत्या गरेका थिए ।


ताजा समाचार

spot_img