धिरेन्द्र भट्ट/कंचनपुर : नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपि सर्मा ओलिले बर्तमान सरकारले नेकपा एमालेले ल्याएका विभिन्न राष्ट्रिय आकाङ्क्षा नीति तथा कार्यक्रमहरुको हुबहु नक्कल गरेको आरोप लगाउनु भएको छ। बिहिवार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सम्बोधन गर्दै ओलिले हामिले ल्याएका नीति तथा कार्यक्रमहरुको सरकारले हुबहु नक्कल गरेको बताउनुभयो।

उनले एमालेको सरकारले ल्याएको “सुखी नेपाली, समृद्ध नेपाल” जस्तो राष्ट्रिय आकांक्षालाई बर्तमान सरकारले हटाएको उल्लेख गरेका छन। उनले भने, ‘कल्पनै गर्न नसकिने कुरा तपाइहरुले हटाउनु भएछ त्यो राम्रो कुरा हो किनभने तपाइहरुको हुत्ताकै कुरा हैन त्यो’। ओलिले सरकारले ल्याएका निति तथा कार्यक्रमहरु एमाले सरकारको पालामा भएका कार्यक्रमहरुलाई हुबहु नक्कल गरेको समेत आरोप लगाए। ‘केही आएको छ भने त्यही आएको छ एमालेले अघि सारेका कुराहरू, तिनै छन कांग्रेसले यो समानित सदनमा मात्र हैन देशब्यापी प्ल्याटफर्महरुमा चर्को बिरोध गर्थ्यो’ उनले भने, ‘अब सुर्य जस्तै छर्लङ्ग भएको छ कि नेपाली कांग्रेस सङ्ग नेपाल र नेपालीको बिकास, समृद्धि राष्ट्रिय स्वाभिमान र सम्मान अभिवृद्धि गर्नका लागि कुनै नीति नै छिन।’

ओलिले सरकार र कांग्रेसलाई लक्षित गर्दै सरकारसँग राष्ट्रिय समस्या हल गर्नका निम्ति कुनै पनि कार्यक्रम, भिजन, योजना र मार्गचित्र नभएको समेत आरोप लगाउनुभयो।







