कृष्णपुर २ लाई नमुना वडा बनाउँछु : वडाध्यक्ष साउद


कञ्चनपुर : कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन साउदले आफ्नो वडालाई नमुना वडा बनाउने घोषणा गरेका छन । बुधबार सपथ ग्रहण गरे लगत्तै वडाध्यक्ष साउदले पदभार सम्माहलेसंगै वडालाई नमुना वडा बनाउने घोषणा गरेका हुन । ‘यो नगरकै ठुलो वडा हो, ‘अध्यक्ष साउदले भने, ‘वडामा विवित समस्या छन, ति सबै समस्या केलाएर अघि बढछु ।’

No description available.

ऐलानी जमिन नापजाँचदेखि सुकुमबासी, आरक्षपीडित, भूमिहिन, मुक्त कमैया, हलिया सबै क्षेत्रमा रहेका विद्यमान समस्या समाधनका लागि वडाबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने बताए । ‘वडामा उत्पन्न हुने समस्या र जनतालाई पर्ने पिरमर्काबारे टोल फ्रि नम्बर राख्छौँ, ‘वडाध्यक्ष साउदले भने, ‘टोलफ्रि नम्बरबाट जनताको गुनासो सुन्दै समाधान गछौँ ।’

No description available.

सुशासनदेखि दिगो विकास निर्माणका योजना अघि बढाएर जनतालाई सेवा सुविधा दिने अध्यक्ष साउदले घोषणा गरेका छन । अध्यक्ष साउदले चुनावका बेला प्रत्यक्ष तथा अप्रत्यक्ष चुनावमा सहयोग गर्ने राजनीतिक दल, सबै निकाय, व्यक्ति, संघ संस्थाप्रति आभार प्रकट गरेका छन ।


ताजा समाचार

spot_img