भीनपा १८मा एमाले चुनाव जितेकै भोलिपल्टै एमालेका कृयाशिल नेता कार्यकर्ता माओवादीमा प्रवेस


कञ्चनपुर : भीमदत्त नगरपालिका १८मा एमालेले वडा जितेकै दिन केही एमाले नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन । भीमदत्त नगरपालिका वार्ड नं १८ मा एमालेका क्रियाशील सदस्यहरूले परित्याग गरेका हुन । एमाले प्रति चरम असन्तुष्ट हुँदै दर्जनौँ एमाले नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन ।

मतगणना सकिएकै दोस्रो दिन वार्ड नं १८ मा अध्यक्ष एमाले र ४ सदस्यमा नेपाली काँग्रेस निर्वाचित भएका थिए । माओवादी केन्द्रका नेता तथा भूमि व्यवस्था कृषी तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनार र सुप प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय भूमि आयोग जिल्ला अध्यक्ष देबेन्द्र ढुंगाना, प्रदेश कमिटी सदस्य कौसल्या ओझा नगर अध्यक्ष अशोक चन्द र वार्ड कमिटी अध्यक्ष गंगा दत्त जोशीले नव प्रवेसीलाई स्वागत तथा शुभकामना दिएका छन ।

लामो समय एमालेमा क्रियाशील भएर काम गर्दै गर्दा अहिले सम्म एमालेले आफूहरुको सम्बोधन नगरेकोले भन्दै पार्टी परित्याग गरेको गजेन्द्र सुनारले बताए । उनीहरुले एमालेले अवसर भन्दा पनि दास बनाएकाले माओवादीमा प्रवेस गरेको बताएका छन ।


ताजा समाचार

spot_img