भीमदत्त १०मा एमाले गढ भत्काउँदै काँग्रेसका युवा नेता चन्द प्यानल निर्वाचित


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १० मा पनि नेपाली काँग्रेस निर्वाचित भएको छ । एमाले गढ भत्काउँदै १०मा काँग्रेसको प्यानलै निर्वाचित भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिमाण अनुसार एमाले भन्दा दोब्बर मतले काँग्रेस निर्वाचित भएको छ ।

काँग्रेसका युवा नेता महेश चन्दले माओवादीका उम्मेदवार तारा प्रशाद जोशीलाई २८० मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । चन्दले ११ सय र जोशीले ८२० मत ल्याएका थिए । एमालेका प्रमानन्द जोशीले ५९४ मत ल्याएका छन । सदस्य तर्फ काँग्रेसबाटै प्रताप सिह साउद, हर्कराज गिरी, मञ्जु फर्सुवान, लक्ष्मी देवी सुनार निर्वाचित भएका छन ।

उक्त वडामा यस अघि एमालेले जितेको थियो । तरुण दल कञ्चनपुरका युवा नेता महेश चन्दले वडाको सम्बृद्धि गर्ने योजना अघि सारेका छन । यस अघि नगर विकास समितिको भ्रष्टाचार आन्दोलनको अगुवाई गरेका चन्दले भ्रष्टाचार बिरुद्धमा जाने बताएका छन ।


ताजा समाचार

spot_img