भीमदत्त नगरमा माओवादीको जित शुरुवात, १९को वडाध्यक्षमा चौधरी निर्वाचित


कञ्चनपुुर : नेकपा माओवादी केन्द्रले कञ्चनपुरको भीमदत्त नगरपालिकामा जितको शुरुवात गरेकोछ छ । माओवादी केन्द्रले भीमदत्त नगरपालिका १९ मा जितको शुरुवात गरेको हो ।

No description available.

निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार माओवादीका उम्मेदवार जग्गु चौधरीले काँग्रेसका उम्मेदवार सन्तोषी साउद–ऐरीलाई १२५ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । चौधरीले ७ सय र ऐरीले ५७५ मत ल्याएका थिए । एमालेका सायब रानाले ४२९ मत ल्याएका थिए ।

No description available.

यस अघि चौधरी ०७४ मा पनि माओवादी केन्द्रबाट चुनाव लडेका थिए । भीमदत्त नगरपालिका १९ जितेका वडाध्यक्ष चौधरीले वडाको विकास गर्ने बताए ।


ताजा समाचार

spot_img