डडेल्धुरा जिल्लाको सबैभन्दा ठूलो गाउँ पालिका अजयमेरूमा नेकपा माओवादी केन्द्रले विजय सुरुवात

डडेल्धुरा : जिल्लाको सबैभन्दा ठूलो गाउँ पालिका अजयमेरूमा नेकपा माओवादी केन्द्रले विजय सुरुवात गरेको छ । नेकपा माओवादी केन्द्रले अजयमेरू गाउँ पालिका वडा नम्बर ०२ मा विजय सुरुवात गरेको हो । निर्वाचन अधिकृतको कार्यालय अजयमेरू का अनुसार अजयमेरू गाउँ पालिका वडा नम्बर ०२ मा माओवादी केन्द्रका उमेदवार शिव राज भट्ट पुरै प्यानल सहित वडाध्यक्ष मा निर्वाचित भएका हुन् ।

No description available.

भट्ट कांग्रेसका उम्मेदवार हिक्मत सिंह एेरलाई ३ सय ५५ मतको अन्तरले हराउँदै निर्वाचित भएका छन् । भट्ट ८ सय ९५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका प्रतिस्प्रर्धी कांग्रेसका एेरले ५ सय ४० मत र एमालेका रमेश शाहले २ सय ९० मत मात्रै प्राप्त गरेका छन । यस्तै वडा सदस्यहरुमा नेकपा माओवादी केन्द्रका सबै सदस्यहरु निर्वाचित भएका छन । कलावति एेर महिला सदस्य, मदन राज पनेरु खुला सदस्य, नर बहादुर एेर र इनरी देवी ओड (दलित महिला सदस्य) सदस्य पद मा निर्वाचित भएका हुन्। अजयमेरू गाउँ पालिका वडा नम्बर ०२ मा १ हजार ८ सय ३९ मत खसेको थियो ।

२०७४ सालको निर्वाचनमा पनि नेकपा माओवादी केन्द्रबाट शिव राज भट्ट नै अजयमेरू गाउँ रपालिका वडा नम्बर ०२ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । बिजय भए सँगै नव निर्वाचित वडा अध्यक्ष भट्टले आफुले गरेको कार्यको मूल्याङ्कन का आधारमा जनतालेे पुनः कार्य भार दिएको मा वडा वासि प्रति हार्दिक आभार व्यक्त गर्दै उनले जनताको सेवा र वडाको समग्र विकास को सवालमा दुरगामी कार्य योजना निर्माण गरेर अगाडि बढ्ने सँकल्प लिएको बताए ।

ताजा समाचार

This will close in 10 seconds