दोधाराचाँदनी १० मा एमालेको गढ भत्काउँदै काँग्रेसका सिह प्यानल निर्वाचित


दोधारा: कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका १०मा एमालेको गढ भत्काउँदै नेपाली काँग्रेसका उम्मेदवार चन्द्र बहादुर सिह प्यानल निर्वाचित भएको छ । दोधाराचाँदनी निर्वाचन अधिकृतको कार्यालयका अनुसार १० नम्बर वडामा काँग्रेसका चन्द्र बहादुर सिह प्यानलै निर्वाचित भएका छन ।

सिहले आफ्ना निकटतम प्रतिद्वन्दी गंगाराम खडकालाई २३८ को मतले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन । सिहसंगै उनका प्यानलका वडा तर्फ बल्ली सुनार, पिठी रावत, धन ब. थापा, महाबिर रोकाया निर्वाचित भएका छन । यो वडा यस अघि एमालेले जितेको थियो । काँग्रेसले पहिलो १० नम्बर जितेसंगै दोधाराचाँदनीमा पहिलो नम्बरमा खाता खोलेको छ ।


ताजा समाचार

spot_img