कञ्चनपुर : कञ्चनपुरमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । माओवादी केन्द्रले बेलौरी नगरपालिका वडामा खाता खोलेको हो । निर्वाधन अधिकृतको कार्यालयका अनुसार बेलौरी नगरपालिका १मा माओवादीको प्यानलै निर्वाचित भएको छ । माओवादीका धन बहादुर विष्ट निर्वाचित भएका छन ।
विष्टले एमालेका नवराज शाहीलाई १सय ७ मतको अन्तरले हराउँदै निर्वाचित भएका हुन । विष्टले ६ सय ५९, एमालेका शाहीले ५ सय ५२ र काँग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएका थिए । बेलौरी १मा १ हजार ६ सय ४८ मत खसेका थिए । बेलारीमा माओवादीले प्रमुख, उप प्रमुखमा समेत अग्रता कायमै राखेका छ ।






