धिरेन्द्र भट्ट/ कंचनपुर : आज बिहान ७ बजेदेखि साझ ५ बजेसम्म भएको स्थानीय तह मतदान अधिकास ठाउँमा सान्त पुर्वक सम्पन्न भएको छ। कंचनपुरमा नौ वटा पालिकामा मतदाताहरुको उत्साहका साथ मतदान सम्पन्न भएको छ। जिल्ला निर्वाचन आयोग कंचनपुरका अनुसार आकलन गरिए अनुरुप कम मत खसेको जनाएको छ।

कंचनपुरमा मतदाताहरुको संख्या २ लाख ९५ हजार ३ सय ५४ रहेकोमा झन्डै १ लाख ७८ हजार मत खसे सङ्गै जिल्लामा ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यस्तै पुनर्वास नगरपालिका भने फर्जी मतको विवादपछि मतदान स्थगित भएको छ। जेलमा भएको मान्छेको नाममा मतदान भएको देखाएपछि वडा नम्बर १० मा विपक्षी दलाका कार्यकर्ताले मतपेटिका फुटाएका थिए। स्थिती नियन्त्रणमा लिने क्रममा बिरोधकर्मीहरुलाई सुरक्षाकर्मिहरुले छाडेको भन्ने जनताको गुनासो रहेको छ।







