भिमदत्त नगरपालिका १८ र दोधारा चादनी नगरपालिका ७ मा मतदाता शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न


कञ्चनपुर : कञ्चनपुरको भिमदत्त नगरपालिका १८ र दोधारा चादनी नगरपालिकाको ७ मा युएनडिपी इएसपी / युन–वोमन को सहयोग र बास नेपालको आयोजनामा मतदाता शिक्षा, स्थानीय निर्वाचनमा मानव अधिकार, लैगिंक समानता, समावेशिकरण र सशक्तिकरण बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा नमूना मतदान पनि गरिएको थियो । नमुना मतदानमा भिमदत्त नगरपालिकाका ३६ जनाले सहभागिता जनाउनु भएको थियो । जसमा जम्मा खसेको मत मध्ये २४५ मत सदर र ७ मत बदर भएको थियो । त्यसैगरी दोधारा चादनी नगरपालिकामा सम्पन्न कार्यक्रममा ३५ जनाले सहभागिता जनाउनु भएको थियो । जसमा जम्मा खसेको मत मध्ये २३७ मत सदर र ८ मत बदर भएको थियो ।

कार्यक्रम सहजीकरण बास नेपालका सहजकर्ता गिता बुढा र बास नेपाल कञ्चनपुर शाखाका अध्यक्ष पुष्करराज पन्त ले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न महिला क्षेत्रका बुद्धिजिवीहरुको पनि सहभागिता रहेको थियो । जानकारी कञ्चनपुर जिल्ला शाखाका सचिव चक्र प्रसाद पन्त ले गराउनु भएको थियो ।


ताजा समाचार

spot_img