कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका १४ बाम गठबन्धनका तर्फबाट वडाध्यक्षका उम्मेदवार भोजराज जोशीले आफुले चुनाव जिते राज्यबाट पाउने सम्पूर्ण सेवा सुविधा नलिने घोषणा गरेका छन । चुनाव प्रचार प्रसारको अन्तिम दिन मंगलबार दिउँसो मोटरसाईकल ¥याली सहित कोण सभामा बोल्दै बामका तर्फबाट वडाध्यक्षका उम्मेदवार जोशीले आफुले चुनाव जिते राज्यबाट पाउने सम्पूर्ण सेवा सुविधा नलिने घोषणा गरेका हुन ।

भीमदत्त नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीविच बाम गठबन्धन अन्र्तरगत भीमदत्त १४मा माओवादी केन्द्रको भाग परेको थियो । माओवादीका नेता समेत रहेका जोशीले वडाको नमुना विकासका लागि आफुले एक रुपैया समेत नलिएर वडाको काम गर्ने बताएका छन । माओवाद केन्द्र भीमदत्त नगरपालिका १४ का सह इन्चार्ज महेन्द्र खातीले बाम गठबन्धनले वडामा अन्तिम दिन चुनावी प्रचार प्रचार गरिएको बताए । अन्तिमदिन माओवादी केन्द्रका नेता देवेन्द्र ढुङगानाले परिर्वतनकारी पक्षमा मत दिन आब्हान गरेका छन ।







