१३ औं सागकी स्वर्णधारी सन्जु मृत भेटिइन्

कञ्चनपुर, १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मंगलबार मृत भेटिएकी छिन् ।

ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक संजय महर्जनको घरमा सन्जु मृत भेटिएको जानकारी गराए । प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी सन्जु बिहान बन्द कोठामा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । प्रशिक्षक महर्जनको घरमा आयोजित जात्राको भोजमा सामान्य अवस्थामा सामेल भएकी सन्जु बिहान मृत भेटिएकी हुन् ।

भोजमा संघका अध्यक्ष श्रेष्ठसहित अन्य खेलाडी उपस्थित रहेका थिए । अध्यक्ष श्रेष्ठले भोजमा सामान्य अवस्थामा रहेकी सन्जुबारे बिहान यस्तो खबर आएको बताए । प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको देखिएको छ । नेपाल प्रहरीका प्रवक्ता बिष्णु कुमार केसीले घटनाको प्रकृति हेर्दा आत्महत्या गरेको देखिएको र अनुसन्धानपछि थप जानकारी आउने बताए ।

१९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सामेल हुन सन्जु काठमाडौं आएकी थिइन् ।उनी एसियन गेम्सका लागि प्रारम्भिक छनोटमा परेकी थिइन् । बाँके घर भएकी सन्जुले १३ औं सागमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् ।

ताजा समाचार

This will close in 10 seconds