प्रचण्ड बेलौरी आउँदै


कञ्चनपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) (आज) कञ्चनपुरको बेलौरी आउन लागेका छन । नेकपा माअ‍ोवादी केन्द्र बेलौरीको चुनावी सभा सम्बोधन गर्नका लागि प्रचण्ड बेलौरी आउन लागेका हुन । सोमबार दिउँसो ३ बजेदेखि चुनावी सभा हुने भएको छ ।

माओवादी केन्द्र बेलौरीका सचिव सुन्दर चौधरीले चुनावी सभाका लागि पार्टी अध्यक्ष प्रचण्ड बेलौरी आउन लागेको बताए । ‘अध्यक्ष प्रचण्ड हाम्रो बेलौरीमा चुनावी सभा सम्बोधनका लागि आउन लागेका छन, ‘उनले भने, ‘हामी त्यसकै तयारीमा जुटेका छौँ तयारी अन्तिम चरणमा पुगेको छ ।’ उनका अनुसार चुनावी सभा सहित डोकेबजारदेखि हजारौँ नेता कार्यकर्ताहरुले बेलौरी खुला मञ्चसम्म ¥याली सहित पाटी अध्यक्षलाई मञ्चमा पु¥याईनेछ ।

नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेम पाण्डेले पाटी अध्यक्ष सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा चुनावी सभा अन्र्तरगत बेलौरीमा पनि चुनावी सभा हुन लागेको बताए । प्रचण्ड बेलौरी आउने कार्यक्रमलाई राजनीतिक महत्वका रुपमा लिईएको छ ।


ताजा समाचार

spot_img