“राष्ट्रियताको संरक्षण, नगरको समुन्नति,
भ्रष्टाचारको अन्त्य जनताको प्रगती“
स्थानिय निर्वाचन २०७९ दोधारा चाँदनी, स्वतन्त्र समुहको
प्रतिबद्धता पत्र
बिगत लामो समय देखि दोधारा चाादनी नगरपालिकाको जनताको सुख दुखमा साथ दिदै आएका गरिब, दुखी असाहयलाई खाद्यान्न, न्यानो लुगा कपडा लगाएत आगलागी भएका गरिब, बिरामीहरुलाई आर्थिक सहयोग गर्दै आएका, अन्यायमा परेका जनताको बिषयमा बुलन्द आवाज उठाउदै आएका र नगरपालिकामा भएका बिभिन्न झm्रष्टाचार र कोरोना संक्रमण रोक्न गरिएको अनियमिताको सशत्त बिरोध गर्दै आएका तथा कोरोना संत्रणमले उब्जाएको त्यो कहाली लाग्दो संकटकालमा भारतमा फसेका नेपाली दाजु भाईहरुलाई गाडी बुक गराएर भारतका बिभिन्न स्थानबाट झिकाउनमा सहयोग गर्दै उक्त स्थानमा खाना समस्या भएकाहरुलाई खाद्यान्न, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नगरबासी लगाएत क्वारेन्टाईनमा रहेका दाजु झाईहरुलाई समेत स्वास्थ्य सामग्री सहयोग गर्दै आएका र दोस्रो कारोना संक्रमणको लहरमा अक्सिजन मसिन लगाएत स्वास्थ्य सामग्री सहयोग गर्नुको साथै कोरोना संत्रमण भएकाहरुलाई आˆनो ज्यानको प्रवाह नगरि उनिहरुको रेखदेख अस्पताल सम्म पुर्याउन काम गर्दै आएका सम्पुर्ण नगरबासीलाई थाहा भएकै कुराले बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनमा अहिले जनताको सेवक जनप््तिनिधी भई जनताको सेवा गर्ने उद्धेश्यले आउदो ३० गते हुन गईरहेको स्थानिय निनर्वाचनमा स्वतन्त्र समुह बनाई नगरपालिकाको सबै वडामा प्रतिनिधी उठाई मैले नगरप्रमुख (मेयर) पदमा उम्मेदवारी दिएको जानकारी गराउदै सेवा गर्ने मौका दिन हुनेछ् भन्ने पुर्ण आशाका साथ निम्न अनुसार स्वतन्त्र समुको प्रतिबद्धता गर्दछौं ।।
१) शिक्षा क्षेत्र
शिक्षालाई उच्च प्राथमिकतामा राखी प्रर्याप्त बजेटको व्यवस्था गरि निम्न कार्य गरिनेछन् ।
बालबालिकाहरु लाई कक्षा १२ सम्म नि ःशुल्क शिक्षा
सामुदायिक बिद्यालयहरुमा अंग्रेजी माध्यम बाट पठन पाठनको विकास गर्ने ।
स्थानिय भुगोललाई समेटने गरि स्थानिय पाठ्यक्रमको बिकास गर्ने ।
हालको समयलाई मध्यनजर गर्दै सामुदायिक बिद्यालयहरुमा पठन पाठनलाई प्रभावकारी बनाउन कम्प्युटर, मल्टिमिडिया तथा प्रशिक्षण सामाग्रीको प्रयोग गरिने ।
बिद्यालयहरु र सार्वजनिक स्थलमा निःशुल्क ईन्टरनेट को सुविधा ।
बिद्यालयहरुमा प्राविधीक शिक्षाको बिकास गर्ने ।
सामुदायिक बिद्यालयहरु बाट एसईई उत्कृष्ठ ५ जना बिद्यार्थीलाई प्रत्येक वर्ष एक–एक ल्यापटप प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गरिने ।
२) स्वास्थ्य क्षेत्र
स्वथ्य सेवालाई प्रभावकारी बनाउन प्रयाप्त बजेटको व्यवस्था गरि स्वास्थ्य केन्द्रलाई स्त्तोरउन्नती गरि अस्पताल निमार्ण संगै २४ सै घण्टा स्वास्थ्य सेवा उपलब्ध गरिने छ् ।
आईसियु बेडको ब्यवस्था गरिने छ् ।
मिर्गौला बिरामीहरुका लागि डाईलोसिसको ब्यवस्था गरिने छ् ।
अक्सिजन प्लान्टको सुबिधा गरिने छ् ।
सर्प दंशको उपचारको ब्यवस्था गरिने छ् ।
रेबिजको उपचारको ब्यवस्था गरिने छ् ।
प्रसुतीगृह (बर्थथिङ सेन्टर) को स्त्तोरउन्नती गरि सुविधा सम्पन्न गरिने छ् ।
नगर क्षेत्रका सम्पुर्ण महिलाहरुलाई निशुल्क सेनेटेरी प्याडको ब्यवस्था ।
स्वथ्य विमा कार्यक्रम सबै परिवार सम्म पुर्याउन आर्थिक सहयोग तथा परामर्शको व्यवस्था गरिनुका साथै निम्न सुबिधा गरिने छ ।
३) श्रम तथा रोजगार
उद्योगी कम्पनीहरु संग सहकार्य गरि स्थानिय स्तरमा उद्योग तथा कलकारखानाको स्थापना गर्ने ।
स्थानियहरुलाई आर्थिक एवम् अन्य सहयोग गरि स्थानिय स्तरमा उद्योग कलकारखाना स्थापना गर्ने ।
स्थानिय युवाहरुलाई आर्थिक एवम् अन्य सहयोग गरि साना तथा मझौला उद्योग संचालन गर्ने ।
उद्योग कलकारखानाहरुलाई करमा सहुलित तथा कर छुटको ब्यवस्था गर्ने ।
निशुल्क सिपमुलक तालिमको माध्यमबाट युवाहरुलाई रोजगार तथा स्वरोजगार बनाउने ।
एक घर एक सिप ः गरिब, बिपन्न युवाहरुलाई निःशुल्क सिपमुलक तालिमको माध्यम बाट आत्मनिर्भर बनाउने ।
बिदेशमा रहेका कामदारहरुको तथ्यांक संकलन गरि पालिकामै रोजगार श्रजना गर्ने र स्थानिय उत्पादनलाई प्रयोग गरि लघुउद्योग स्थापनामा जोड दिने ।
४) युवा तथा खेलकुद
आधुनिक नगर स्तरिय खेलकुद मैदानको व्यवस्था गरिने छ् ।
खेलाडीहरुलाई प्रयाप्त खेल सामग्रीको व्यवस्थागरिने छ् ।
वडाहरुमा रहेका खेलकुद मैदानको स्त्तोरउन्नती गर व्यवस्थित गरिने छ् ।
नगर क्षेत्रमा खेलिने प्रमुख खेलहरुमा प्रशिक्षकको व्यवस्था गराई निरन्तर प्रशिक्षण दिईने ।
नगरमा रहेका खेलाडीहरुको विकास गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा समावेश गराईने ।
खेलाडीहरुको हौसला बढाउन नगर स्तरिय खेलकुदमा उत्कृष्ट खेलाडीहलाई वर्षेनी २ तोलको गोल्ड मेडल पुरुस्कृत गर्ने ।
आफ्नै व्यवसाय सुरु गर्न चाहेको युवाहरुलाई आर्थिक रुपले बिना धितो बिना ब्याज ऋणको सहुलियत ।
५) कृषि तथा सिचाई
किसानहरुलाई मल तथा बिउ बिजन सहयोग र खरिदमा सहुलित तथा किसानहरुलाई कृषीमा तालिमको ब्यवस्था ।
सिचाईको ब्यवस्था नभएका जग्गामा पुर्ण सिचाईको ब्यवस्था ।
प्रत्येक बर्ष नगर क्षेत्रका किसानहरुलाई सम्मान तथा पुरुस्कृत ।
कृषीमा औद्यौकिकरण तथा आधुनिकरण तथा ब्यवसायीक खेती ।
भैसी पालन, बाख्रा पालन, बंगुर, माछा पालन लगाएतमा अनुदान ।
कृषी उत्पादन सामग्री सुरक्षित राख्न चिस्यान केन्द्रको स्थापना ।
वर्षमा एक पटक कृषी मेला तथा प्रदर्शनी ।
आर्गेनिक खेतीको बिकास गरि नगर क्षेत्रलाई आर्गेनिक क्षेत्र घोषणा गर्ने ।
उत्पादन भएका कृषी बस्तुको बजारिकरणको ब्यवस्था तथा परम्परा खेतीको अन्त्यको गरि कृषीमा हरित क्रान्ती ।
६) भौतिक पुर्वाधार बिकास
माहाकाली र जोगबुडा नदीबाट कटान र डुवानबाट बच्न पाँच वर्षे गुरुयोजना अन्तरगत तटबन्धको कार्य सुरुवात गर्ने र प्रदेश तथा संघिय सरकार संग पहल गरी अग्लो, बलियो स्थायी टतबन्ध निमार्ण गर्ने ।
पालिका भित्र रहेका सबै सडकहरु कालो पत्रे ।
ढल तथा वर्षाको पानीमा डुवान क्षेत्रमा निकासको ब्यवस्था ।
बिद्यालयहरुको पुराना भवनको मर्मत संभार तथा नयाँ भवनको निर्माण । साथै सार्वजनिक भवनहरु निमार्ण ।
आवश्यक स्थानहरुमा पुल पुलैसाहरु निमार्ण ।
बाढी ग्रस्त क्षेत्रमा सेभ हाउस निर्माण ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षा पोष्ट मजबुद बनाउने ।
सडक नभएका स्थानहरुमा सडक खोल्ने तथा सडकलाई ब्यवस्थीत गर्ने ।
सडक तथा दोधारा चाँदनी नगरपालिकाको भारत संग जोडिएको सिमा बस्तीमा सौर्य बत्ती जडान ।
बिद्युत्त कमभोल्टेज भएका स्थान तथा बस्तीहरुमा बिद्युत्त ट्रासफार्मर जडान ।
बिद्युत लाईन बिस्तार ।
७) धार्मिक, सांस्कृती तथा पर्यटन बिकास
मठ मन्दिर, चर्च, मज्जित, गुम्बाको पुर्वाधार बिकास तथा स्त्तोरउन्नती गरि धार्मिक क्षेत्रको बिकास गर्ने ।
समसानघाट, सेमेस्ट्री (समाधी) को ब्यवस्थापन गर्ने ।
पिकनिक स्पोर्ट, फन पार्क, तालतलैयाको स्त्तोरउन्नती ।
होम स्टेय, होटेल प्रर्बद्धन र बिकास ।
बिभिन्न सास्कृती कलाको संरक्षण तथा सर्म्बद्धन ।
बिभिन्न प्रकारका जनचेतनामुलक टेली फिल्म सहयोग तथा कला क्षेत्रको बिकास ।
पर्यटकिय क्षेत्रको बिकास गरि पर्यटकहरु भित्र्याउने ।
सामाजिक, भगौलिक, धार्मिक, साँस्कृतिक झल्किने टेलि फिलममा लगानी गर्ने ।
८) महिला, बालबालिका तथा सामाज कल्याण
सामाजिक सुरक्षा भत्ताको ब्यवस्था घर घर पुर्याउने ।
बाल बिकास केन्द्रलाई स्त्तोरउन्नती गर्ने साथै टोल बस्तीमा बालबिकास केन्द्र स्थापना गरि ब्यवस्थीत गर्ने ।
छोरी जन्मे पछि छोरीको नाउमा रु. ५ हजार बैंक बचत गर्ने ।
महिला तथा वालवालिकाको क्षमता अभिबृद्धी गर्ने बिभिन्न तथा वडा तथा पालिका स्तरिय कार्यक्रम गर्ने ।
महिलाहरुलाई निशुल्क सेनेटरी प्याडको ब्यवस्था गर्ने ।
सामाजको लागी राम्रो काम गर्ने महिला तथा वालवालिकालाई वर्षेनी सम्मान तथा पुरुस्कृत गर्ने ।
जेष्ठ नागरिकहरुलाई ६–६ महिनामा सम्मान तथा सहयोग रकम दिने ।
९) छाडा चौपाया व्यवस्थापन
छाडा चौपाया ब्यवस्थापनको लागी पालिकाको एक स्थानमा गौशाला निमार्ण गर्ने ।
गौशालामा दुद्य उत्पादन गर्ने तथा दुग्घजन्य बस्तुलाई बजारिकरण गर्ने ।
मलमुत्रबाट ग्यास तथा कम्पोष्ट मल उत्पादन गर्ने र नगर क्षेत्रमा सहुलित ढंगबाट ग्यास तथा मल बितरण गर्ने ।
१०) अन्य
क) मध्यवर्ती क्षेत्रको कारण जनतालाई सास्ती हुदै आएको बिषयमा दोधारा चाँदनीलाई मध्यवर्ती क्षेत्रबाट हटाउन आवश्यक पहल गर्ने ।
ख) साबिकको चाँदनी गाबिसमा रहेको खेलमैदानलाई कालु सिंह (प्रधान) को नामाकरण गरि बिशाल खेल मैदान बनाउने ।
ग) भूमिहिन दलित, जनजाती तथा पिछिडिएका बर्ग, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई चाँडो भन्दा चाँडो लालपुर्जा उपलब्ध गराउने ।
घ) दोधारा चाँदनीलाई सुन्दर पर्यटकीय क्षेत्रको विकास गरि पर्यटक भित्र्याउने ।
ङ) भारत संगको मैत्रीपुर्ण सम्बन्ध बनाउनुका साथै अव्यस्थित ख्लुा नाकालाई ब्यवस्थित ।
च) जातिय, बर्गिय, लैगिंक तथा सबैखाले विभेदको अन्त्य ।
छ) सबै वडाहरुमा एक–एक एम्बुलेन्सको ब्यवस्था गर्ने ।
ज) सुख्खा बन्दरगाहा निमार्ण कार्यलाई अघि बढाउन सम्बन्धीत निकायमा जोडदार पहल गर्ने ।
झ) नितीगत भ्रष्टाचार र नियती भ्रष्टाचारको अन्त्य गरि समृद्ध नगरपालिका बनाउने ।
ञ) पालिकामा शान्ती सुरक्षा कायम राख्न नगर प्रहरीको अबरधारण ल्याउने ।
च) नगरपालिका सबै सार्वजनिक स्थानमा फ्रि ईन्टरनेट सेवा ।
छ) सामुदायिक बिद्यालयका निजी शिक्षक तथा शिक्षीकाहरुलाई नगर शिक्षक घोषणा गर्ने ।
ज) बालबिकास केन्द्रका शिक्षकहरुलाई नगर शिक्षक सरह सेवा सुबिद्या दिने ।
झ) महिला स्वयम्सेविकाहरुलाई सेवा सुबिद्या उलब्ध गराउने ।
ञ) दोधारा चाँदनीमा आवश्यक डाक्टर, ईन्जिनियर नर्स उत्पादन गर्न सहयोग गर्ने ।
ट) भारतबाट भित्रिने अखाद्य बस्तुको पुर्ण रोक लगाउने ।
ठ) दोधारा चाँदनीका सडकका छेउछाउमा बृक्षरोपण सहित सामुदायिक बनहरुमा नयाँ बृक्षरोपण गर्ने ।
ड) शुद्ध खानेपानीको ब्यवस्था गर्न नगरभरीका खाने पानी ट्यांकीको निमार्ण, मर्मत संभार गरि घरघरमा शुद्ध पानी पुर्याउने ।
ढ) एक घर एक रोजगार, एक घर सिपको बृहत अभियान संचालन गर्ने ।
ण) हरेक खालका भ्रष्टार बिरुद्ध शुन्य सहनशिलता अपनाईने ।
त) सार्वजनिक स्थलमा आधुनिक शौचालयको ब्यवस्था ।
थ) एक घर एक शौचालय ।

(स्वतन्त्र उम्मेदवारको घोषण पत्रबाट लिएको संक्षिप्त बुदाहरु)







