दोधारा चाँदनी–५ मा राप्रपाको बृहत मोटरसाईकल र्‍याली : भ्रष्टाचार मुक्त र समृद्धि वडा बनाउन अभियानमा


दोधारा । दोधारा चाँदनी नगरपालिका–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत मोटरसाईकल र्‍याली संम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले बैशाख ३० गते हुन लागेको स्थानिय निर्वाचनलाई लक्षित गर्दै आफ्नो उम्मेदवारलाई बहुमतले जिताउन बृहत मोटरसाईकल र्‍याली सम्पन्न गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनीका संस्थापक ईन्द्र बहादुर खत्रीले बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको मोटरसाईकल र्‍याली वडाका सबै टोल तथा बस्तीमा परिक्रममा गरि कोण सभामा परिणत भएको थियो । वडाका उम्मेदवारहरु बिजय भए वडालाई समृद्ध बनाउने उम्मेदवारहरुले प्रतिवद्धता ब्यक्त गरेका छन् । वडामा देखिएका बिकास निमार्णका काम, छाडा चौपाया ब्यवस्थापन, शिक्षा, स्वास्थ्य लगाएत थुप्रै काम नभएको बताउदै आफु र आफ्नो टिम बिजय भए वडाबासीलाई सन्तुष्ट हुने काम गर्ने बताएका छन् । वडामा भएको र्‍यालीमा उल्लेखनिय जनसहभागिता रहेको थियो । यस पटक वडा नं. ५ मात्रै नभई नगर क्षेत्रमा राप्रपाका उम्मेदवारले बहुमतले बिजय हुने निश्चीत भएको राप्रपाका तर्फ देखि दोधारा चाँदनी–५ मा वडाध्यक्षका उम्मेदवार केशव खत्रीले बताएका छन् ।


ताजा समाचार

spot_img