बागफाँटामा माओवादी एमालेका कार्यकर्ता विच विवाद


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बाँगफाँटामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र विच विवाद उत्पन्न भएको छ । बुधबार माओवादी केन्द्रको -यालीमा नजिकै एमाले कार्यकर्ताले माईकिङ्ग गर्न थालेपछि विवाद उत्पन्न भएको हो । माओवादी केन्द्रका उम्मेदवार सहितको -यालीमै आए एमाले कार्यकर्ता अन्जु कार्कीले माईकिङ्ग गरेपछि विवाद भएको छ । हाम्रो -यालीमा जिस्क्याउने हिसाबले माईकिङ्ग गर्ने भन्दै माओवादी नेता कार्यकर्ताले माईकिङ्ग नगर्न आग्रह गर्दा गर्र्दै नमानेपछि विवाद भएको छ ।

माओवादी केन्द्रकी उम्मेदवार समेत रहेकी भागरथी कुँवरमाथि एमाले कार्यकर्ता मन्जु कार्कीले हातपात गरेको भन्दै उजुरी दिएका छन । कार्कीले पनि आफुमाथि हातपात भएको भन्दै उजुरी दिएको एमाले वडाध्यक्षका उम्मेदवार सायब रानाले बताए । माओवादीले आफुहरुको विशाल -याली देखेर एमाले नेता कार्यकर्ता लत्तालिदै जिस्क्याउने हिसाबले गैर राजनीतिक रुपमा निहु खोजेको बताएका छन । भने एमालेका नेता कार्यकर्ताहरुले माओवादीको -याली देखेर माईक बन्द गरेको दावि गरिरहेका छन । दुवै पक्षले आफुमाथि कुटपिट गरेको भन्दै उजुरीमा उत्रिएका छन ।


ताजा समाचार

spot_img