कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका मेयरका लागि दोस्रो पटक नेकपा माअोवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार जोगराज चौधरी चुनावी मैदानमा उत्रिएका छन । पुराना कम्यूनिष्ट नेता चौधरी फेरी दोस्रो पटक चुनावी मैदानमा उत्रिएका हुन । यस अघि पनि ०७४ मा माओवादीले चौधरीलाई मेयरका अघि सारेको थियो । झिनो मतका साथ पराजित भएका चौधरी यस पटक फेरी मेयरकै दौडमा चुनावी अभियानमा खटिएका छन । आदिवासी जनजाति थारु समुदायबाट समाजिक एव राजनीतिक क्षेत्रमा प्रभावकारी रहेका उनी चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा पुगिरहेका छन । नेकपा माओवादी केन्द्र कृष्णपुरका इन्चार्ज नरहरी नाथ योगीले माओवादीले कृष्णपुरमा युद्धस्तरमा चुनावी अभियान अघि बढाएको बताए । ‘माओवादी केन्द्रले नै ल्याएको व्यवस्थामा नेतृत्वका लागि हामीले जनतासंग मत मागिरहेका छौँ, ‘उनले भने, ‘जनता हाम्रै पक्षमा छन ।’
माओवादी केन्द्र प्रमुखका उम्मेदवार जोगराज चौधरी र उप मेयर गिता देउवा(मल्ल) सहितमा माओवादी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन । माओवादीका उम्मेदवार चौधरीले शिक्षा, स्वास्थ्य, कउषि, भूमि, रोजगार, सडक तथा पुल, धर्म संस्कृति, उद्योग, वन तथा पर्यटन, चुरे क्षेत्र, दलित, थारु,आदिवासी जनजाती, महिला, सुकुमबासी मुक्त कमैया, अपाङ्ग, सिँचाई, नदी नियन्त्रण, सेप हाउस निर्माण, भाषा, साँस्कृति, छापा चौपाया, दोहोरो कर अन्त्य, उर्जा वैकल्पिक, सुशसान, खेलकुद, युवा, सुुचना प्रविधि, बुद्ध ध्यान केन्द्र, फोहोरमैला व्यवस्थापन, वित्तिय पहुँच, सहकारी, मदिरा नियन्त्रण, एकल महिला,द्वन्द्वपीडितको व्यवस्थापन, हरित नगर पर्यटन आन्तरिक तथा बाह्य पर्यटकका लापग पिकनिक स्पोट निर्माण, भ्रष्टाचार मुक्त नगरपालिका, बैद्धिक बैंक स्थापना, शव बहान, पुस्तकालय, शान्ति सुरक्षा, जस्ता कार्य अघि सारिएका छन ।
कृष्णपुर नगरपालिका माओवादी केन्द्रका मेयरका उम्मेबार चौधरीले ल्याएको घोषणा पत्र यस्तो छ । संकल्प प्रतिबद्धता १. शिक्षा माध्यमिक तह निःशुल्क, सीप मुलक, प्रबिधीमैत्री, बालमैत्री, वैज्ञानिक शिक्षा दोहोरो प्रणाली अन्त्य, बहुप्राविधिक शिक्षालय, संस्कारिक शिक्षा, सुयोग्य नागरिक उत्पादन, अध्ययन ज्ञानका लागि, ज्ञान सीपका लागि, सीप श्रमका लागि, श्रम समृद्धिका लागि, समृद्धि राष्ट्रका लागि, अभिभावकसंग विद्यालय, एक वडा एक नमुना विद्यालय कार्यक्रम सञ्चालन गरिनेछ । २. स्वास्थ्य –२५ सैयाको नगर अस्पताल, दक्ष जनशक्तिको व्यवस्था, आधुनिक उपकरण जडान, आयुर्वेदिक केन्द्र सञ्चालन र सम्बद्र्धन बर्षमा २ पटक स्वास्थ्य शिविर सञ्चालन, प्रत्येक नागरिकलाई स्वास्थ्य विमा, प्रत्येक वार्डमा स्वास्थ्य केन्द्र स्थापना, महिला स्वास्थ्यमा विशेष जोड दिईनेछ । ३. कृषि – व्यवसायिक कृषिमा जोड, कृषि, एम्बुलेन्स, एक व्यक्ति एक अनुदान, अर्गानिक गाउँ निर्माण, कृषक परिचयपत्र, कृषि तथा पशुपालनमा विमा, कृषि उपज भण्डारणका लागि कोल्ड स्टोर निर्माण गरिनेछ । ४. भूमि –भूमिको खण्डीकरणमा रोक, ऐलानी जमिन नाप नक्सागरी लालपूर्जा वितरण, शिविरका जमिनको १० बर्षे जमिनको हदबन्दी हटाई व्यक्तिगत स्वामित्व र सरकारी प्रयोजनका लागि अधिकार दिने, सेतो पूर्जा फुकुवा गरिनेछ । ५. रोजगार – एक घर एक स्वरोजगार, रोजगार केन्द्र स्थापना, मजदुरहरुको सूचीकरण गरी स्वास्थ्य विमा, बेरोजगार युवालाई रोजगार प्रदान गरिनेछ । ६. सडक तथा पुल –मुल सडक, कृषि सडक, ढल निकास, हुलाकी मार्ग, कालोपत्रे सडक, बत्ती जडान गरिनेछ । ७. धर्म संस्कृति –भाषिक संग्रहालय निर्माण, वनदेवी ग्वाँसी समैजी, कृष्ण प्रणामी धाम, गौरादेवी मन्दिर, भुइयाँ थान निर्माण र थप स्तरोन्नति गरिनेछ । ८. उद्योग स्थानीय कच्चा पदार्थलाई खपत हुने साना तथा मझौला उद्योगमा जोड दिईनेछ । ९. वन तथा पर्यटन वनलाई स्थानीयसंग जोडेर आय आर्जनको बाटो खुलाईनेछ । १०. चुरे क्षेत्र क्ष्भ्भ् गरी अवैध उत्खनन नियन्त्रण गरिनेछ । ११. दलित छुवाछुत मानवता विरुद्धको अपराध मानिनेछ, समाजमा सम्मानजनक उपस्थितिका लागि बिशेष कार्यक्रम लागु गरिनेछ । १२. थारु÷जनजाति भलमन्सा ऐन बनाई सेवा सुविधा प्रदान गरिने, कलस्टर हेरीनुमना बस्ती, होमस्टे संग्रहालय स्थापना गरिनेछ । १३. महिला पुरुष सरह ५०% अधिकारको ग्यारेन्टी गरिनेछ, महिला पुरुष विचको भेदभावको अन्त्य, महिलालाई ज्ञान सीप तालिम प्रदानगरी स्वरोजगार सम्बन्धी कार्यक्रम लागु गरिनेछ । १४. सुकुम्बासी मुक्त कमैया सुकम्बासी मुक्त कमैयाहरुका लागि एकीकृत बस्ती विकास योजना सहित स्वरोजगारीको ग्यारेन्टी गरिनेछ । १५. अपाङ्ग सीप र क्षमता अनुसारको कामको ग्यारेन्टी गरिनेछ । १६. सिँचाई साना सिँचाई, मझौला सिँचाई, डिप ट्युबेल, स्यालो ट्युबेल कार्यक्रम लागु गरिनेछ । १७. नदि नियन्त्रण जोखिम हेरी गुरुयोजना बनाई नदिलाई नियन्त्रण गरिनेछ । १८. सेफ हाउस बाल आश्रम, बृद्धआश्रम, पिडीतहरुका लागि शिक्षा, स्वास्थ्य, गास, बास, कपास र रोजगारको ग्यारेन्टी गरिनेछ । १९. भाषा संस्कृति मौलिक भाषाहरु थारु, राना, डोटेली, अछामी, बैतडी, दार्चुला, बझाङ, बाजुरा सम्बद्र्धन गरिनेछ । २०. छाडाचौपाया व्यवस्थित पशुआश्रम, नश्ल सुधार, दुग्ध विकासगरी, आयआर्जनको बाटो अपनाईनेछ । २१. कर दोहोरो कर प्रणाली अन्त्य, एकद्वार प्रणाली लागु गरिनेछ । २२. उर्जा वैकल्पिक उर्जालाई प्रोत्साहन गर्ने, एक गृहिणी एक विद्युतीय चुलो कार्यक्रम लागु गरिनेछ । २३. सुशासन मेयरसंग जनता कार्यक्रम, नगर र प्रत्येक वडामा सुझाव÷उजुरी पेटिका राखिने, सार्वजनिक स्थानमा सिसिटीभि क्यामेरा जडान गरिनेछ, नगर भित्र रहेका सवारी साधनमा जिपिएस जोडि अनुगमन नियन्त्रण गरिनेछ, नगरका अधिकतम सेवालाई बसिबसी अनलाईन मोडेलगरी छिटोछरितो व्यवस्थित गरिनेछ । २४. खेलकुद÷युवा चाहना अनुसारको खेल, सुविधा सम्पन्न खेलमैदान, मेयरसंग खेलाडी कार्यक्रम गरिनेछ । २५. सूचना प्रविधि सार्वजनिक स्थलमा एगदष्अि ँचभभ ध्क्ष्ँक्ष् राखिनेछ, सूचना प्रविधिलाई आमनागरिकको हातहातमा पु¥याउने कार्यक्रम गरिनेछ । २६. बुद्ध ध्यान केन्द्र तिर्थयात्रा, घरघरमा बृद्धभत्ता उपलब्ध गराईनेछ । २७. फोहोर व्यवस्थापन जैविक र रसायनिक फोहोरहरु एकीकृत फोहोर व्यवस्थापन डम्पिङ्ग साईड निर्माण गरिनेछ । २८. वित्तीय पहुँच सहकारी बैंकहरुलाई थप व्यवस्थित गर्ने, सरकारबाट इजाजत प्राप्त वित्तीय बैंकहरुलाई ल्याइने, एक नागरिक अनिवार्य एक बैंक खाता कार्यक्रम ल्याईनेछ । २९. मदिरा नियन्त्रण निश्चित समय र ठाउँ अनुसार बिक्री वितरण गरी अनुगमन गरिनेछ । ३०. एकल महिला स–सम्मान सामाजिक वातावरण, सीपमुलक तालिम रोजगार उपलब्ध गराईनेछ । ३१. द्वन्द्वपिडित जनयुद्ध आन्दोलनका र द्वन्द्वबाट पिडीत नागरिक सहित घाईते अपाङ्ग वेपत्ता परिवारहरुलाई बिशेष सम्मान सहित प्याकेज कार्यक्रम गरिनेछ । ३२. हरित नगर पर्यवरणलाई स्वच्छ, आकर्षक बनाउन नगरभरी मुल सडक चोकपाटी, पौवाहरुमा बृक्षारोपण गरिनेछ । ३३. पर्यटन आन्तरिक तथा बाह्य पर्यटकका लागि पिकनिक स्थान सिस्ने सिमसार क्षेत्र, वनदेवी, गडविजला, ग्वाँसी समैजी, सयपत्रीमा गुरुयोजना तयारगरी लागु गरिनेछ । ३४. भ्रष्टाचार शुन्य सहनशिलताको निती अपनाई भ्रष्टाचारमुक्त नगर घोषणा गरिनेछ । ३५. महोत्सव उत्कृष्ट किसान, कर्मचारी, स्वयम सेवक, शिक्षक विद्यार्थी, मजदुर, सामाजिक अभियानताहरुलाई बार्षिक रुपमा सम्मान र प्रोत्साहन गरिनेछ । ३६. बौद्धिक बैंक कृष्णपुर समग्र विकासको लागि यस क्षेत्रमा रहेका उत्कृट दिमाकलाई समावेश गरेर आत्मानिर्भर तिर उन्मुख गर्ने । ३७. दमकल नगरवासीहरुको आगलागी विपद व्यवस्थापनका लागि दमकल राखिनेछ । ३८. शव वाहन शव वाहन निःशुल्क उपलब्ध गरिनेछ । ३९. पुस्तकालय एक वडा एक सार्वजनिक पुस्तकालय गरिनेछ । ४०. शान्ति सुरक्षा नगर प्रहरी भर्नागरी नगरको शान्ति सुरक्षा र भौतिक पूर्वाधारमा परिचालन गरिनेछ ।






