एमाले भीमदत्त नगरका निर्वाचित जनप्रनिधि काँग्रेसमा प्रवेस


कञ्चनपुर : नेकपा एमाले भीमदत्त नगरमा टिकटमा ब्यापक असन्तुष्टीको एक उदाहरण भीमदत्त नगरपालिका १४ मा देखिएको छ । ०७४मा एमालेबाट निर्वाचित वडा सदस्य एक जनप्रतिनिधी नेपाली काँग्रेसमा प्रवेस गरेका छन । चुनावको मिति नजिजिकै जाँदा एमाले जनप्रतिनिधी काँग्रेसमा प्रवेस गर्ने कार्यबाट एमालेमा शुभ संकेत नदेखिरहेको नेताहरुले बताएका छन । एमालेबाट वडा सदस्य निर्वाचित धुव्र प्रशाद भट्ट नेपाली काँग्रेस प्रवेस गरेका छन ।

उनले एमाले पार्टी कम्युनिष्ट जस्तो नभई कमाउधन्दामा लागेर उनैहरुलाई टिकट दिएको भन्दै काँग्रेसमा प्रवेस गरेका छन । काँग्रेस केन्द्रंीय सदस्यद्वय रमेश लेखक, यज्ञराज जोशी सहितका नेताहरुले एमाले नेता भट्टलाई पाटीमा स्वागत गरेका छन । एमाले भीमदत्त नगरपालिकामा यस पटक टिकटमा ब्यापक असन्तुष्टी बढिरहेको भन्दै एमाले कम्युनिष्ट नेता कार्यकर्ता कम्युनिष्टबाट विचलित भईरहेका छन ।


ताजा समाचार

spot_img