बाम गठबन्धनका उम्मेदवार जिताउन भीनपा ८का युवाहरु माओवादीमा प्रवेस


कञ्चनपुर : भीमदत्त नगरपालिका ८ बाम गठबन्धनका उम्मेदबार जिताउनका लागि युवाहरुले माओवादी केन्द्र प्रवेस गरेका छन । शनिबार एक कार्यक्रमका विच नेकपा माअोवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संयुक्तका उम्मेदवार जिताउन युवा माओवादी केन्द्र प्रवेस गरेका हुन । नेकपा माओवादी केन्द्रका नेता एव राज्यमन्त्री मान बहादुर सुनारले विभिन्न पाटी परित्याग गर्नेहरुलाई पाटीमा स्वागत गरेका छन ।

नेकपा माओवादी भीमदत्त नगरका युवा नेता तुल ब. थापाले काँग्रेस, एमाले, राप्रपाका युवाहरु माओवादीमा प्रवेस गरेको बताए । उनका अनुसार काँग्रेसका नितिन पुजारा, राप्रपा प्रकास सिह, एमालेका जनक धामी, पदम धामी सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन । भीनपा ८मा बाम गठबन्धनका तर्फबाट माधव जोशी नेतृत्वमा उम्मेदवार चुनावी मैदानमा छन ।


ताजा समाचार

spot_img