दोधारा चाँदनीमा स्वतन्त्र समुहको चुनाव चिन्ह ‘कैची’


दोधारा । आउदो बैशाख ३० गते हुने स्थानिय निर्वाचनको लागी दोधारा चाँदनीमा भिम कुमाल नेतृत्व गरेका स्वतन्त्र समुहले चुनाव चिन्ह पाएको छ् । आज दोधारा चाँदनी नगरपालिका स्थित रहेको जिर्वाचन अधिकृतको कार्यालयमा भिम कुमालले नेतृत्वको स्वतन्त्र समुहले चुनाव चिन्ह कैची प्राप्त गरेको हो । स्वतन्त्र समुहबाट भिम कुमालले मेयर पदमा र पार्वती रानाले उपमेयर पदमा उम्मेदवारी दिएका छन् । गरिखानेहरुको र भ्रष्टाचार बिरुद्धको आफ्नो चुनाव चिन्ह कैची रहेको स्वतन्त्र समुहका उम्मेदवार भिम कुमालले बताएका छन् । आज निर्वाचन कार्यालले उनिहरुलाई चुनाव चिन्ह प्रदान गरेपछि उनिहरु आफ्नो चुनाव चिन्ह लिएर आफ्नो चुनाव चिन्हमा मत दिन आग्रह गर्दै हिडेका छन् । दोधारा चाँदनी नगरपालिकामा स्वतन्त्र समुहका उम्मेदवारमा मेयर पदमा भिम कुमाल, उपमेयर पदमा पार्वती राना रहेका छन् । स्वतन्त्र समुहको वडा नं. १ मा प्रेम खत्री, वडा नं. २ मा भक्त सुनार, वडा नं. ३ मा भुपेन्द्र औजी, वडा नं. ४ मा धन बहादुर दमाई, वडा नं. ५ मा राम बहादुर सुनार, वडा नं. ६ मा भिम बहादुर कामी, वडा नं. ७ मा बिर बहादुर सुनार, वडा नं. ८ मा नर बहादुर सुनार, वडा नं. ९ मा शान्ता क्षेत्री र वडा नं. १० मा ईन्द्र बहादुर सुनारले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । साथै सबै वडामा सदस्य सहित ५२ जनाको उम्मेदवारी दिएको स्वतन्त्र समुहका मेयर पदका उम्मेदवार भिम कुमालले जनाएका छन् । उनिहरु सबैले चुनाव चिन्ह कैचीबाट स्थनिय निर्वाचनमा लड्ने भएका छन् ।


ताजा समाचार

spot_img